सूचनाको शक्ति - The Power Of Information

        

अस्थाई शिक्षकको परिक्षा बिथोल्छौं : अखिल क्रान्तिकारी

सञ्जय श्रेष्ठ । भक्तपुर । सत्तारुढ दल निकट अखिल (क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन् । शिक्षा ऐनको नवौं संशोधनविरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको तर्फबाट बस्नेतले सो चेतावनी दिएका हुन् ।
बस्नेतले भने, ‘हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउंदो चैत्र २३ गते जवरजस्ती गर्न खोजिए परिक्षा विथोल्छौं ।’ मंगलबार शिक्षा विभागका माहानिर्देशकको अध्यक्षतामा तिन सदस्य समिति बनाएकै भोलिपल्ट बस्नेतले यस्तो कुरा बताएको हो ।
अस्थाई शिक्षक प्रति अखिल (क्रान्तिकारी) पूर्ण जिम्मेवार छ तर आजको परिस्थिती र समयलाइ बुझेर खुला प्रतिश्पर्धा वा अन्य सुविधा लिएर शैक्षिक विकासमा सहयोग गर्न आग्रह गर्दै भने, सूचना, प्रविधि तथा दक्षतामा अहिलेका शिक्षक योग्य छैन अब योग्यलाई ठाँउ दिउँ ।’
शिक्षाशास्त्र संकायको सानोठिमी क्याम्पसमा अखिल (क्रान्तिकारी)द्वारा आयोजित खुला विरोध सभामा वोल्दै बस्नेतले भने, ‘शिक्षक लाइसेन्स लिएका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धावाट वञ्चित गरिए शिक्षा क्षेत्रमा भयावह स्थिति आउनेछ ।’
बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन वसेका शिक्षा शास्त्र संकायका विद्यार्थीको न्यायपुर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसंग माग गरे । मंगलबार प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणी पोखरेललाई उक्त परिक्षा स्थगित गराउन माग गरेका थिए । लगत्तै शिक्षामन्त्रीले शिक्षा विभागका महानिर्देशक वावुराम पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली वनाएका छन् ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:३२