सूचनाको शक्ति - The Power Of Information

        

भिआरएम प्रविधिबाट उत्पादन सुरु गर्दै जगदम्बा सिमेन्ट

काठमाडौं । जगदम्बा सिमेन्ट उद्योगले विश्वस्तरीय प्रविधि जडान गरी उत्पादन सुरु गरेको छ । आफ्नो उत्पादनलाई थप गुणस्तरीय बनाउन उद्योगले विश्वकै उत्कृष्ट कम्पनी एफएल स्मिड्थ (डेनमार्क र भारत) को अत्याधुनिक प्रविधि भर्टिकल रोलेल मिल्स (भीआरएम) जडान गरी उत्पादन सुरु गरेको हो ।
आफ्ना ग्राहक र उपभोक्ताको मागलाई मध्यनजर गर्दै यस्तो प्रविधिबाट उत्पादन थालेको कम्पनीले जनाएको छ । यो प्रविधि जगदम्बा सिमेन्टको वीरगञ्जस्थित शुभश्री जगदम्बा सिमेन्ट मिल्स् प्रालिमा जडान गरिएको छ । हाल कम्पनीको दैनिक ४५ हजार बोरा उत्पादन क्षमता रहेकामा भीआरएम प्रविधि जडान गरेपश्चात यस्तो उत्पादन क्षमता झण्डै दोब्बर (करिब ८० हजार बोरा) को पुग्ने दावी कम्पनीको छ ।
यही प्रविधि जडान गरी कम्पनीले आफ्नो तेस्रो उद्योग नेपाल जगदम्बा सिमेन्ट ई.प्रालिबाट पनि चाँडै उत्पादन सुरु गर्ने जनाएको छ । तेस्रो उद्योग संचालन गरेपछि कम्पनीको उत्पादन प्रतिदिन एक लाख १० हजार बोरा पुग्ने कम्पनीले जनाएको छ । आगामी दिनमा आफ्ना सम्पूर्ण उद्योगलाई प्रविधिमैत्री बनाउँदै उपभोक्ताको सेवा प्रवाह गर्ने प्रतिवद्धता कम्पनीले जनाएको छ । भीआरएम प्रविधि नेपालमा भित्र्याउने आफू दोस्रो कम्पनी भएको कम्पनीले बताएको छ ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०७:२०