सूचनाको शक्ति - The Power Of Information

        

हिजोबाट शुरु चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता

काठमाडौं । भृकुटीमण्डपमा चौँथो राष्ट्रिय दोहरी गीत प्रतियोगिता हिजोबाट शुरु भएको छ । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठानले आयोजना गरेको चैत १७ गतेसम्म जारी रहने प्रतियोगितामा ३५ जिल्लाबाट ४० समूह सहभागी छन् । प्रतियोगितामा पहिलो, दोस्रो र तेस्रोलाई क्रमशः रु एक लाख ५१ हजार १००, रु एकलाख एक हजार १०० र रु ५७ हजार ७७७ नगदसहित सम्मानपत्र प्रदान गरिने प्रतिष्ठनका सचिव राधिका हमालले जानकारी दिए । उक्त प्रतियोगिता संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीले उद्घाटन गरे । विभिन्न जातजाति समुदायका परम्परा, भाषा, संस्कृतिले अन्तर्राष्ट्रिय तहमा मुलुकको गौरव बढाएको बताउ“दै कलाकारलाई राष्ट्रको गहना भन्ने गरिएको उल्लेख गरे ।
सांसद कोमल ओली, प्रतिष्ठानका संस्थापक अध्यक्ष अमर विरही, वरिष्ठ गायक कुमार बस्नेत र नारायण रायमाझीलगायतले देशको समग्र संस्कृतिलाई संरक्षण गर्नुपर्ने बताए । र पछिल्लो समयमा लोक दोहरीको व्यवसायिकता बढदै गएकोमा खुशी व्यक्त गरे । प्रतिष्ठनका अध्यक्ष बद्री पंगेनीले केही वर्ष पहिले लोक दोहरी ग्रामीण भेगमा मात्र गाउने गरिएकामा अहिले यसको लोकप्रियताले अन्तर्राष्ट्रिय बजारमा पनि महत्व प्राप्त गरेको बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०२:०७