सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ७ लाई बजेट एक खर्ब ल्याउने : अर्थमन्त्री बोहरा

अछाम । गरिबी, पछौटेपन, अन्त्य गर्न अबको आवश्यकता नै आर्थिक क्रान्ति भएको बताउ“दै। अछाम प्रदेश नं ७ का आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले प्रदेश नं ७ लाई समृद्ध बनाउन अबको बजेट केन्द्रित हुने बताए । मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बोहराले प्रदेश सरकारले चैत मसान्तभित्रै विकासका लागि विशेष बजेटस्वरुप रु एक खर्ब दुई करोड पाँच लाखको बजेट ल्याउने बताए । भूगोल, जनसंख्याको आधारमा विनियोजित गर्ने भन्दै कृषकलाई आत्मनिर्भर बनाउन विशेष योजना ल्याउने तयारी रहेको उनले बताए । अहिले आउने बजेटले शिक्षा, स्वास्थ्य, रोजगारी, सिँचाइ तथा खाद्यान्न संकट हटाउने गरी बजेट आउ“ने छ । आफू अछामबाट निर्वाचित सांसद भएकाले अछामका लागि विशेष बजेटको व्यवस्था गर्नेसमेत बताए ।

प्रकाशित मिति : १४ चैत्र २०७४, बुधबार ०१:५६