सूचनाको शक्ति - The Power Of Information

        

नेपाल बंगलादेश बैँकले प्रहरीलाई साढे १८ लाख सहयोग गर्ने

काठमाडौं। नेपाल बंगलादेश बैंकले ‘काठमाडौँ प्रहरी अवार्ड’को लागि १८ लाख ६० हजार सहयोग गरेको छ । प्रहरी जवानदेखि प्रहरी नायब उपरीक्षकसम्म प्रत्येक महिना एक जनालाई उत्कृष्ट प्रहरी घोषणा गर्न बैंकले सो रकम सहयोग गरेको हो । एक कार्याक्रममा महानगरीय प्रहरी परिसरका प्रमुख विश्वराज पोखरेल र बैँकका प्रमुख कार्यकारी निर्देशक ज्ञानेन्द्रप्रसाद ढुंगानाबिच समझदारीपत्रमा हस्ताक्षर भएको हो । अब परिसरले हरेक महिना उत्कृष्ट कार्य गर्ने प्रहरीलाई पुरस्कारका प्रदान गर्नेछ ।

पुरस्कारको राशि जवानलाई रु दश हजार, प्रहरी हबल्दारलाई रु १५ हजार, प्रहरी सहायक निरीक्षकलाई रु २० हजार, प्रहरी नायब निरीक्षकलाई रु २५ हजार, प्रहरी निरीक्षकलाई रु ३५ हजार र प्रहरी नायब उपरीक्षकलाई रु ५० हजार पुरस्कार हुनेछन् । अहिले परिसरमा ३३ सय जना प्रहरी कार्यरत रहेका छन् । जसमध्ये प्रत्येक वर्ष ७२ जना प्रहरी पुरस्कृत हुनेछन् ।-रासस

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १३:३३