काठमाडौं। यहि चैत्र १५ देखि १७ गतेसम्म काठमाडौं विश्वविद्यालय स्कुल अफ इन्जिनियरिङको आयोजनामा काठमाडौंमा नविकरणीय ऊर्जा प्रविधि विकास सम्बन्धी पाँचौ अन्तर्राष्ट्रिय सम्मेलन हुने भएको छ। तीन दिने नविकरणीय ऊर्जा प्रविधि विकास सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको जानकारी काठमाडौं विश्वविद्यालयका प्राध्यपक डाक्टर ई। रमेश मास्केले दिए ।
अर्थ, ऊर्जा, र शिक्षा मन्त्रालय, नेपाल विद्युत प्राधिकरण लगायत विभिन्न संघ तथा संस्थाको सहयोगमा आयोजना हुन लागेको हो । नविकरणीय ऊर्जामा जलविद्युत, सोलार विद्युत, हावाबाट विद्युत, वायोमास लगायतका विषयमा नेपालमा चर्चा हुने छ । २०७५ लाई नविकरणीय उर्जा वर्ष र २०७५ देखि २०८५ सम्म नविकरणीय ऊर्जादशकको रुपमा क्रियशिल बनाउने सम्मेलनको उदेश्य रहेको मास्केले बताए ।
ऊर्जा जलश्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले कार्यक्रमको उद्घाटन गर्ने छ । कार्यक्रममा ६ वटा महादेशबाट २५ भन्दा बढी देशको सहभागिता रहने र ३०० जनाको सहभागीता हुने सम्मेलनमा एक सय भन्दा बढी विदेशी सहभागीता रहने छ ।
पहिलो देखि चौथोसम्मका बंगलादेशको राजधानी ढाँकामा आयोजना भएका थिए । नेपालमा अहिले नविकरणीय ऊर्जाको खपत ३(४ प्रतिशत मात्रै रहेको भन्दै यसलाई बढाउन सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास आयोजकको छ।
कार्यक्रममा प्रवेशको लागि विद्यार्थीलाई प्रतिव्यक्ती पाँच हजार रुपैयाँ, सर्वसाधारणलाई १० हजार रुपैयाँ, कर्पोरेट हाउसलाई १५ हजार रुपैयाँ, दक्षिण एसियाली मुलुकलाई २० हजार रुपैयाँ र अन्य विदेशी मुलुकलाई प्रति व्यक्ती ३० हजार रुपैयाँ शुल्क तोकिएको छ।
कुनै संघसस्थाले कार्यक्रम आयोजनाको लागि आर्थिक सहयोग नगरेकोले सहभागी बाट प्रवेश शुल्क लिएर कार्यक्रम गर्न लागिएको मास्केले बताए।
।