सूचनाको शक्ति - The Power Of Information

        

आइपिओ आउँदै स्पर्श लघुवित्तको

काठमाडौं । स्पर्श लघुवित्तले सर्वसाधारणका लागि दुई करोड ४० लाख रुपैयाँ बराबरको २ लाख ४० हजार कित्ता साधारण शेयर निष्काशन गर्ने भएको छ । हाल वित्तिय संस्थाको चुक्ता पूँजी ५ करोड ६० लाख रुपैयाँ छ। सार्वजनिक निष्काशनपछि चुक्ता पुँजी ८ करोड रुपैयाँ हुनेछ।

त्यस्तै लघुवित्त वित्तीय संस्थाले कर्मचारीका लागि शेयर निष्काशन गर्नका लागि सानिमा क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । मंगलबार भएको दुई पक्षबीच सम्झौतामा स्पर्श लघुवित्त वित्तीय संस्थाकोबाट सजल खड्का र प्रमुख कार्यकारी अधिकृत मनिषनारायण जोशीले सानिमा क्यापिटल लिमिटेडका तर्फबाट हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति : १३ चैत्र २०७४, मंगलवार १२:४६