कलैया । एक हजार तीन सय बिघा जमिनमा बाराको मनहर्वामा नेचुरल रिसिस प्रालिले यसवर्ष मेन्था खेती गरेको छ । आर्थिक वर्ष २०७३/७४ मा उक्त प्रालिले क्यामोमाइल र मेन्था खेती गरी रु ६ करोड बराबरको आठ हजार एक सय किलो उत्पादन गरेको थियो । क्यामोमाइल तेल प्रतिबिघा चारदेखि पाँच किलो उत्पादन हुन्छ । प्रतिकिलो रु २१ का दरले बिक्री हुने गरेको सो लिमिटेडका प्राविधिक सल्लाहकार अजयकुमार जसवालले बताए । यस्तै, मेन्था तेल प्रतिबिघा एक सयदेखि १५० किलो उत्पादन हुन्छ भने प्रतिकिलो रु एक हजार ५० का दरले बिक्री हुन्छ ।
।