सूचनाको शक्ति - The Power Of Information

        

काठमाडौं वर्ल्ड स्कुल बैशाखबाट सञ्चालनमा आउने 

काठमाडौं । स्वेदेशी लगानीमा अन्तराष्ट्रिय स्तरको शिक्षा दिने उद्देश्यले स्थापना गर्न लागिएको काठमाडौं वर्ल्ड (विश्व ) स्कुल २०७५ बाट संचालनमा आउने भएको छ। भक्तपुरको सूर्य विनायक नगरपालिका निर्माणाधिक स्कुल बैशाखदेखि संचालमा ल्याउने तयारी गरिएको स्कुलका प्रमुख कार्यकारी डा। राजेन्द्रकुरमा घिसिङले बताए। ५५ रोपनी जग्गामा फैलिएको यो स्कुलमा तीन लाख वर्गफिट बराबरको भौतिक संरचनाको हाल निर्माण भइरहेको छ। पहिलो चरणको निर्माण कार्य लगभग सकिएको छ । दोस्रो चरणको निर्माण कार्य आगमी एक वर्षमा सम्पन्न हुने स्कुलको योजना रहेको घिसिङले जानकारी गराए। सम्पूर्ण निर्माण कार्य पूरा भएपछि विभिन्न तह गरि करीव एक हजार २०० विद्यार्थीले यो स्कुलमा अध्ययन गर्न सक्ने र ३८० जना छात्ररछात्राहरूको आवास गृह तयार हुने घिसिङले बताए। स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका अलावा ए लेभलको अध्यापन पनि गर्ने बताइएको छ । शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिने र कक्षा ११ र ए लेभलको कक्षाहरू शैक्षिकसत्र २०७६ बाट मात्र सुरू हुने घिसिङले बताए । उनले स्कुल सञ्चालनमा आएपछि पढ्नको लागि विदेश पठाउने बालबालिकालाई यहाँ पढाउन प्रेरित गर्ने बताए।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार १३:३४