सूचनाको शक्ति - The Power Of Information

        

भण्डारी दम्पती हत्याका मुख्य सुटर पक्राउ

रेनुका गिरी । रुपन्देही । बुटवलमा भण्डारी दम्पती हत्याकाण्डका सुटर ८ बर्षपछि पक्राउ परेका छन् । २०६७ असार ९ गते बुटवलको जेसिजचोकमा पसल गर्दै आएका रमेश भण्डारी र उनकी श्रीमती आशा भण्डारीको पसलमै गोली हानी हत्या भएको थियो । उक्त हत्याकाण्डका प्रमुख सुटर रुपन्देही सालझण्डीका अर्जुन गौतम लाई प्रहरीले रुपन्देहीको नेपाल भारत सिमा बेलहियाबाट पक्राउ गरेको हो ।
सो घटनामा संलग्न भोलेबाबा भन्ने शम्भु गौतम, निमप्रसाद थापा, श्यामप्रसाद बिक, पुरन श्रीस, राजु गलामी पक्राउ परी रुपन्देही जिल्ला अदालतको आदेशले थुनामा छन् । अर्का अभियुक्त कृष्ण गौतम अझै फरार छन् । पक्राउ परेका अर्जुन गौतम यस अघि २०६५ सालमा अटोमेटिक पेस्तोल १ थान र गोली सहित पक्राउ परी हातहतियार खरखजाना मुद्दा दर्ता भई तत्काल थुनामा परेका थिए ।
झण्डै ८ वर्षअघि बुटवलमा भएको भण्डारी दम्पत्ती हत्याकाण्डका सुटर पक्राउ परेका छन् । २०६७ साल असार ९ गते बुटवलको जेसिस चोकमा रमेश भण्डारी र उनकी श्रीमती आशा भण्डारीको हत्यामा संलग्न सुटर अर्जुन गौतमलाई प्रहरीले पक्राउ गरेको हो ।
भारतबाट घरतर्फ आउँदै गर्दा सिमानाका बेलहियाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । जेशिज चोकको विष्णु भण्डारी स्टोर्रमा व्यवसाय गरी बसेको अवस्थामा २ वटा मोटरसाइकिलमा आएका समुहले भण्डारी दम्पत्तीको हत्या गरेको थियो ।
भोलेबाबा भन्ने शम्भु गौतमले चलाएको लु ७ प ५७२३ नं. को मोटर साईकलकोपछाडी अर्जुन गौतम र श्याम प्रसाद बि.क.ले चलाएको लु ४ प ७०१७ नं.को मोटरसाईकलको पछाडी कृष्ण गौतम बसेर स्टोरमा पुगेका थिए । स्टोर अगाडी मोटरसाइकिल रोकी अर्जुन गौतम र कृष्ण गौतमले आफ्नो साथमा तयारी अबस्थामा राखेको पेस्तोल निकाली ताक्दै पसल भित्र प्रबेश गरेका थिए ।
कृष्ण गौतमले पसलको घर्राभित्र हात हाल्ने क्रममा आशा भण्डारीले रोक्न खोज्दा अर्जुन गौतमले आफ्नो साथमा भएको पेस्तोलबाट आशा भण्डारीलाई १ र उनका श्रीमान रमेश भण्डारीलाई २ राउण्ड गोली हानी पसलको घर्राबाट रु ५ लाख १८ हजार रकम लुटी फरार भएका थिए । गोली लागि आशा भण्डारीको तत्काल घटनास्थलमा मृत्यू भएको थियो भने रमेश भण्डारीको उपचारका लागि लैजादै गर्दा मृत्यू भएको थियो ।

प्रकाशित मिति : १२ चैत्र २०७४, सोमबार ०८:०८