चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले नारायणगढ–मुग्लिन सडक अनुगमन गरे । अनुगमनपछि सञ्चारकर्मीसँग जेठ १६ गते भित्र सडकको काम सम्पन्न गरेर सरकारलाई हस्तान्तरण गर्ने बताए । समयमा सम्पन्न नभए सरकारले नियमानुसार कारबाही गर्छ ।” निर्माण कम्पनीले प्रतिबद्धता जनाएको र आफूले सोहीअनुसार निर्देशन दिइसकेको भन्दै उहाँले वर्षाद्मा बाटो नरोकिने बताए ।
सरकार सडकका बारेमा गम्भीर बनेको भन्दै उअब निर्माण कम्पनीको चलखेल नचल्ने बताए । सडक केन्द्रीय सरकारको मातहतमा रहेको भन्दै उहाँले सडक सुरक्षाका विषयमा सरकार सचेत रहेको छ भने ।सडक निर्माणका क्रममा सुरक्षालाई ध्यानमा राखेर काम गरिएको भन्दै उहाँले यस सडकका पर्ने पुल निर्माणको कामलाई तीव्रता दिइने बताए । सडक खण्डमा रहेका १८ मध्ये चारवटा पुल ठेक्का भई निर्माण भइरहेका छन् भने १४ वटा ठेक्का हुन बाँकी छ । सन् २०१९ को अगस्तसम्ममा सबै पुल सम्पन्न गर्ने लक्ष्य राखिएको बताए ।
सबै राजमार्गमा वैशाख १५ गतेसम्म खाल्डाखुल्डी पुरी सक्न निर्देशन दिएको र वैशाख १५ पछि सडक विभागले हेर्ने सडकमा खाल्डाखुल्डी नदेखिने बताए ।
।