सूचनाको शक्ति - The Power Of Information

        

गृहमन्त्री थापासँग व्यवसायीको आग्रह, जवरजस्ती चन्दा माग्ने प्रवृत्ती बन्द गरौं

काठमाडौं । आइतबार नेपाल चेम्वर अफ कमर्शको प्रतिनिधिमण्डल र गृहमन्त्रीसँग भेट गर्यो । भेटमा नेपाल चेम्वर अफ कमर्शको नेतृत्व गर्दै नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेश श्रेष्ठले जवरजस्ती चन्दा तथा आर्थिक सहयोग माग्ने प्रवृति रहेको बताउ“दै यस्तो कार्य रोक्न गृहमन्त्री रामबहादुर थापा ‘वादल’सँग आग्रह गरेको छ। व्यापारीसँग चन्दा, आर्थिक सहयोग माग्ने प्रवृत्ति अन्त हुनुपर्ने र ढुवानीमा हुने गरेको कार्टेलिंगलाई हटाउन, आवश्यक भन्दा वढी सार्वजनिक विदा कटाउन, कालोबजारी ऐन संसोधन गर्नको लागि समेत आग्रह गरेको छ । भेटमा गृहमन्त्री बादलले आर्थिक समृद्धि र विकास अहिलेको मुलुकको आवश्यकता रहेको बताए। मन्त्री थापाले उद्योगी र व्यावसायीहरुको सुरक्षाका लागि गृह मन्त्रालय प्रतिवद्ध रहेको बताए। नेपालमा लगानीको वातावरण बनाउन सुरक्षाको बन्दोवस्त गर्ने प्रतिवद्धता जनाउँदै उद्योग व्यवसाय विस्तार गरी रोजगारी बढाउनको लागि व्यवसायीलाई आग्रह गरे।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १४:४८