सूचनाको शक्ति - The Power Of Information

        

दुई हजार बढी व्यापारी अनियमित नापतौल गर्ने कारवाहीमा

काठमाडौं । नेपाल गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालयले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गर्ने दुई हजार १३६ व्यापारीलाई कारवाही गरेको छ । कार्यालयले चालू आर्थिक वर्षको आठ महिनामा अनियमित रुपमा नापतौल गर्दै आएका व्यापारीलाई कारवाही गरेको कार्यालयका प्रमुख शशिभूषण यादवले जानकारी दिएका छन्।

कार्यालयबाट चालु आवमा एक हजार १५६ व्यवसायीले नयाँ अनुमतिपत्र र ४२ व्यवसायीले इजाजतपत्र लिएका छन् । यस्तै चार हजार ४३० व्यवसायीले नाप्ने तौलने यन्त्रको जाँच, ३४० पेट्रोलपम्प जाँच र १६ पेट्रोलियम ढुवानी ट्याङ्कर जाँच गरिएको छ । कार्यालयले चालू आवमा करीव रु एक करोड ८६ हजार राजश्व संकलनसमेत गरेको छ । रासस

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार १३:५२