सूचनाको शक्ति - The Power Of Information

        

‘सबै योजनामा रामेछापबासीको स्वामित्व रहन्छ’


२०७० को दोस्रो संविधान सभाको चुनावमा रामेछाप क्षेत्र नं. २ बाट निर्वाचित श्यामकुमार श्रेष्ठ (कुशल) २०७४ को निर्वाचनमा प्रतिनिधिसभा रामेछापबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पूर्व गृह राज्यमन्त्री समेत रहेका उनी वर्गसंर्घषको पृष्ठभूमिबाट राजनीतिमा आएको बताउँछन् । वर्गसंर्घषको पृष्ठभूमिबाट राजनीतिमा स्थापित भएको दावी गर्ने श्यामकुमारसँग वर्गविहिन रामेछाप बनाउने योजना के छ ? पत्रकार सञ्जय श्रेष्ठले श्यामकुमार श्रेष्ठसँग गरेको कुराकानी :

जनताले दोस्रो पटक अनुमोदन गरेको छ, तपाईको कार्यकालमा जिल्लाका नागरिकको आर्थिक अवस्था कस्तो हुन्छ ?
– खासगरी सुशासन, स्थायित्व र विकास यो राष्ट्रिय नारा हो । यो नारा रामेछापको लागि पनि उतिकै सान्दर्भिक छ । यो नारालाई जिल्ला तथा राष्ट्रियस्तरमा नै व्यवहारिक रुपमा कार्यान्वयन गर्नु छ । अब रामेछापको जो कुरा छ, मलाई दोस्रो कार्यकालका लागि अनुमोदन गरेको छ । त्यो भनेको के हो भने रामेछापमा भएको स्रोत र साधनको समुचित प्रयोग गरी जनतालाई ति कुराहरुमा सहभागी गराउनु हो । रामेछापमा भएको भ्रष्टाचार, अनियमिततालाई रोक्नु हो । सुशासनमा रामेछापलाई अरुको तुलनामा अब्बल बनाउनु छ । बिजुली, खानेपनी, सडक, कृषि लगायतको समस्याको समाधान गरी रामेछाप र रामेछापबासीलाई बनाउनु छ । मेरो कार्यकाल समृद्ध रामेछाप र समृद्ध रामेछापेली बनाउन मै व्यतित हुनेछ ।

तपाईको कार्यकालमा रामेछापमा आर्थिक स्रोतहरु के के निर्माण हुन्छ ?
– रामेछापको सन्र्दभमा आर्थिक स्रोतको कमि छैन । हामिले बाहिर खाज्नु पनि पर्दैन । रामेछापको आर्थिक स्रोतहरु पानी, कृषि, जडिबुटी, पर्यटनलाई व्यवस्थापन तथा बिकास गर्नुपर्छ । रामेछापलाई युद्व पर्यटनको रुपमा विकास गर्न सकिन्छ । हामीले यी प्राकृतिक स्रोत र साधनको उचित उपयोग गर्नु छ । यी स्रोतहरुलाई परियोजनाको रुपमा जनतालाई प्रत्यक्ष सहभागी गराएर अगाडि बढ्ने छ ।

तपाई युवा नेता, रामेछापेली युवालाई कसरी व्यवस्थापन गर्नु हुन्छ ?
– अब युवाको व्यवस्थापनको कुरो छ, यो राष्ट्रियरुपमा नै समस्यको बिषय छ । त्यसलाई राष्ट्रिय रुपमा नै समाधानको बिषयको रुपमा पनि छलफल भइरहेको छ । रामेछापमा मैले अगाडि पनि भने पर्याप्त रुपमा परियोजनाको निर्माण सुरु भएपछि सबै युवाहरुलाई नै ति काममा लगाउने हो ।

रामेछापलाई आर्थिक समृद्धिको लागि उद्योग तथा कलकारखाना के के निर्माण हुन्छ ?
पर्यटन उद्योग, हाइड्रोपावर, कृषि लगायतका उद्योगहरुको स्थापनासँगै अन्य विकास निर्माणका कामहरु सञ्चालन भइरहेका छन् र केही सुरु हुँदैछन् । अब हजारौं युवाहरुले काम पाउछन् । रामेछाप केन्द्रित ठुलाठुला राष्ट्रिय योजना निर्माण हुँदैछ ।

महिला, बालबालिका, वृद्धवृद्धाहरुको लागि के के गर्नु हुन्छ ?
– जनतालाई प्रत्यक योजना तथा परियोजनामा सबैको स्वामित्व रहनेगरी सेयरको व्यवस्था हुन्छ । प्रत्येक मजदुरलाई एउटा हिस्साको रुपमा सेयर दिने व्यवस्था हुन्छ ।

तपाईलाई रामेछापका जनताले किन नेता मान्ने ?
– यो प्रश्न अलि छिटो भएजस्तो लाग्यो, अब दोस्रो कार्यकाल त भर्खर सुरु भएको छ । हिजो जनताको हित र अधिकारको लागि लडे र भोली पनि लडिरहन्छु । अब हिजोको विश्वास, आगामी कार्यभार र जनादेश अनुकुल काम गर्ने हो । बाँकी जनताको हातमा छ ।

प्रकाशित मिति : ११ चैत्र २०७४, आइतवार ११:११