काठमाडौं । नेपाल विद्युत प्राधिकरणले भारतबाट आयतभएको विजुलीलाई निरन्तरता दिन पहल सुरु गरेको छ । आयत गरिने विजुलीमध्ये १४५ मेगावट विजुलीको सम्झौता समय सकिन थालेपछि त्यो समय थप्न प्राधिकरणले पहल सुरु गरेको हो ।
सम्झौता नबढाइएका चैत ११७ गतेदेखि १४५ मेगावट विद्युत आइत घट्छ जसले प्राधिकरलाई लोड व्यस्थापमा चूनौति पर्न जान्छ । प्राधिकरणका प्रवक्ता प्रवदल अधिकारीका अनुसार बिजुली आयातको सम्झौता बढाउन गर्न भारतको एनपीटीसी विद्युत व्यापार निगम र प्राधिकरण बीच छलफल सुरु भएको छ । निर्धारित समयमा एनपीटीसीसँग खरिद सम्झौता भई बिजुली आपूर्ति निरन्त हुने अधिकारीले बताए ।
पुसको दोस्रो साता विद्युत खरिद सम्झौताको म्याद सकिए पनि प्राधिकरणको अनुरोधमा एनभीभीएनले ३ महिना समय थप गरेको थियो । १४५ मेगावाट बाहेक अन्य बिजुली व्यापारिक दरमा प्राधिकरणले भारतबाट खरिद गर्दै आएको छ । १४५ मेगावाट सस्तो दरमा गरिद गरेको छ । कुसाह–कटैया, परवानीपुर–रक्सौल, बुटवल–आनन्दनगर र टनकपुरलगायत विभिन्न १० स्थानबाट बाँकी बिजुली आयात भइरहेको छ । हाल बिजुलीको माग १ हजार २ सय मेगावाट रहेको छ ।
।