सूचनाको शक्ति - The Power Of Information

        

दरबन्दीमा पुर्ति नहुँदा उपचारमा समस्या

गाईघाट । जिल्ला अस्पताल उदयपुरमा रिक्त दरबन्दी पुर्ति नहु“दा उपचारमा समस्या आएको छ । प्रदेश नं १ का सामाजिक विकासमन्त्री जीवन घिमिरे शुक्रबार उक्त जिल्ला अस्पताल पुगी तत्काल चिकित्सकको दरबन्दी पूर्ति गरिने बताए । ५० श्ययाको जिल्ला अस्पताल उदयपुरमा १३ दक्ष चिकित्सकको दरबन्दी रहे पनि अहिले दुई मेडिकल अधिकृतबाट मात्र सञ्चालन भएको अस्पताल प्रशासनले बताए । अस्पतालमा डाक्टरको दरबन्दी पूर्ति गर्न आफूले तत्काल नै केन्द्र सरकारको ध्यानाकर्षण गराउने आश्वासन दिएको जिल्ला अस्पतालका मेडिकल अधिकृत डा विशाल देवले बताए । जिल्ला अस्पतालमा लामो समयदेखि दरबन्दीअनुसारको चिकित्सक नभएको र हाल अस्पतालमा औषधिकोसमेत अभाव भएपछि अधिकांश जिल्लावासी उपचारका लागि दशौं हजार खर्च गरेर विराटनगर, धरान, राजविराज र लहान जान बाध्य छन् ।

प्रकाशित मिति : १० चैत्र २०७४, शनिबार ०४:५१