काठमाडौं । नेपाली कांग्रेसभित्र नेतृत्वको कडा आलोचना भएको छ । पार्टी संगठन, निर्वाचनको समिक्षालगायतका बिषयमा निर्णय लिन आज पार्टी मुख्यालय सानेपामा बसेको नेपाली कांग्रेस केन्द्रीय समितिको बैंठकमा नेतृत्वको कार्यशैलीका कारण निर्वाचनमा पार्टीले पराजय भोग्नुपरेको भन्दै नेतृत्वको आलोचना भएको हो ।
आज बोल्ने अधिकांस नेताहरुले पार्टीले निर्वाचनको सम्बन्धमा स्पष्ट रणनीति बनाउन नसक्दा पराजय भोग्नु परेको धारणा राखेकाछन् । उनीहरुले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीको सिद्धान्त र आदर्शलाई प्रवाह नगरी व्यक्तिगत महत्वकांक्षा र सत्ता केन्द्रीत राजनीतिक चरित्र देखाएका कारण पार्टीले कम्जोर भएको आरोप लगाएकाछन् ।
नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले सरकार र पार्टी नेतृत्वमा देउवाले अपनाएको गलत रवैयाका कारण पराजय ब्यहोर्नुपरेको आरोप लगाएका छन् । उनले पार्टी सभापति देउवाले पराजयको जिम्मेवारी लिनुपर्ने धारणा राखेका थिए । उनले आफ्नो आठ बुँदे सुझाव प्रतिबेदन प्रस्तुत गर्दे सैद्धान्तिक एवम् नीतिगत बिषय, कमजोर संगठन, कमजोर नेतृत्वलाई उठान गरेका थिए ।
उनले निर्वाचनमा गुटगत टिकट वितरण र अराजक शैलीमा पार्टी संञ्चालन गरेका कारण पराजय भोग्नु परेको भन्दै नेतृत्व सच्चिनु पर्नेमा जोड दिए । पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि पार्टीको आन्तरिक संगठन चुस्त हुन नसकेको भन्दै नेतृत्व सच्चिनु आवश्यक रहेकोमा जोड दिए । पार्टी बिधानविपरित मनोमानि ढंगले चलेको भन्दै सिटौलाले नेतृत्वको रवैयाका कारण पार्टी पराजय भएको आरोप लगाए ।
नेपाली कांग्रेसको सिद्धान्त र आदर्शले ठाउँ पाउँदा निर्वाचनमा पराजय व्योहो¥नु नेतृत्व दोषि भएको उनीहरुको आरोप छ । बैंठकपछि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीको आन्तरिक सुदृढिकरण र एकताबद्ध भएर अगाडि बढ्नको लागि नेताहरुले सुझाव दिएको बताए ।
उनले संविधानमा भएको फेरबदल अनुसार पार्टीको प्रदेश, जिल्ला, निर्वाचन क्षेत्र र स्थानीय तहको नयाँ संरचना बनाउनेबारेमा पनि छलफल भएको जानकारी दिए । उनले पार्टीलाई संघीय संरचना अनुसारको ढाँचामा लैजान विधान संशोधन गरिने तयारी रहेको पनि बताए । बैंठकमा सबै केन्द्रीय सदस्यलाई बोल्न दिइने भएकाले बैंठक एकसाता सम्म चल्ने प्रवक्ता शर्माले जानकारी दिए ।
।