सूचनाको शक्ति - The Power Of Information

        

अन्त शुल्कको नक्कली स्टिकरसहित दुईजना


रेनुका गिरी । बुटवल । मदिरामा प्रयोग हुने अन्त शुल्कको नक्कली स्टिकरसहित २ जना उद्योगी पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार धनुषाको सांग्रीला डिष्टिलरीका प्रबन्धक भवानीप्रसाद उप्रेती र उत्पादन अधिकृत कामेश्वर महतो पक्राउ परेका हुन् ।
उनीहरुलाई भारतमा अन्तशुल्कका नक्कली स्टिकर छपाएर नेपाल भित्राएको आरोपमा प्रहरीले पक्राउ गरेको हो । सुराकीको आधारमा गएको प्रहरीले रोहिणी गाउपालीका ४ मा भारतीय गाडी सहित ३ जनालाई पक्राउ गरेपछि ३ लाख ९९ हजार ८४० थान नक्कली अन्तशुल्कका स्टिकर बरामद भएको हो ।
प्रहरीले उप्रेती र महतोसहित स्टिकर बोक्न प्रयोग भएको गाडीमा सवार सिद्धार्थनगर नगरपालीका १ बस्ने बिनोद सिंह, भारत महाराजगञ्ज सुनौली बस्ने समसुद्धिन मुसलमान र भारतको नौतनहवा बस्ने मेल्मुगद्यी मुसलमानलाई आज सार्बजनीक गरेको छ । उनीहरुलाई सरकारी छाप दस्तखत किर्ते मुद्धा , अन्तशुल्क ऐन २०५८ र मदिरा ऐन २०३१ अन्तरगत कारबाही हुने जिल्ला प्रहरी कार्यालय रुपन्देही प्रमुख डिएसपी श्याम ज्ञवालीले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १२:०७