सूचनाको शक्ति - The Power Of Information

        

बलात्कारी प्रअ गोविन्दलाई कालोकमोसो

रामेछाप ।  नेपाल कम्युनिस्ट पार्टी रामेछापले आफ्नै स्कुलकी किशारी विद्यार्थीलार्इ बलात्कार गर्ने प्रधानाध्यापक गोविन्द खत्रीलार्इ कालोमोसो दलेर कार्वाही गरेको छ । कक्षा ८ मा अध्ययनरत १४ वर्षीया आफ्नै छात्रालार्इ बलात्कार गर्ने प्रधानाध्यापकलाई नेकपाले कारबाही गरेको हो । बुधबार बिहान रामेछाप जिल्लामा रहेको श्री जनजागृती उमाविका खत्रीलाई कालोमोसो लगाई भौतिक कारबाही गरिएको छ । विद्यालयमा व्यापक अनियमिता, भ्रष्टाचार, मनपरीतन्त्र, आर्थिक चलखेलद्वारा अदालतलाईसमेत प्रभावमा पारी सफाई लिई अपराधलाई धाकछोप गरी आफू निर्दोष रहेको डङ्का पिट्ने गरेका थिए ।
सिंगो समाजको समेत मानमर्दन गरेको, अथित अदालतको सफाईपछि पनि छात्रालाई गाउँभन्दा अन्यतत्र राखी लगातार यौन शोषण गरेको लगायत कुकृति गरेको पर्दाफास भएको छ । यी फर्दाफास भएपछि नेकपाले कार्वाही गरेको स्थानीयहरूले बताएका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार १०:२१