काठमाडौं । चैत ९ गतेबाट देशभर प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘शत्रु गते’ हेर्न १६ बर्ष मुनिकाले अभिभाबक बिना हेर्न नपाउने भएको छ । केन्द्रिय चलचित्र जाँचपास समिती (सेन्सर)बाट पिजी सर्टिफिकेट पाएको छ । जाँचपास गराइएको चलचित्रमा केहि द्धन्दको दृश्यहरु भएको कारणले चलचित्रलाई पिजी सर्टिफिकेट दिईएको हो ।
२ घण्टा ७ मिनेट लामो चलचित्रको हेर्न १६ बर्ष मुनिकाले सहजै हेर्न नपाउने भएकोले उनीहरुले आफ्ना अभिभावकको साथमा गएर चलचित्र हेर्नुपर्ने हुन्छ । चलचित्रका निर्देशक प्रदीप भट्टराई हुन् भने महसंचारको ब्यानरमा बनेको चलचित्रका प्रस्तुतकर्ता किरण केसी हुन् ।
हरिवंश आचार्यको कथा, दीपकराज गिरी र प्रदीप भट्टराईको पटकथा रहेको चलचित्रमा हरिवंश र निर्देशक भट्टराईको संवाद छ ।
चलचित्रमा काली प्रसाद बास्कोटा र टंक बुढाथोकीको संगीत, दीर्घ गुरुङको छायांकन रहेको छ भने मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपकराज गिरी, दीपाश्री निरौला, शिवहरी पौडेल, प्रियंका कार्की, राजाराम पौडेलसँंगै पल शाह र आँचल शर्माको जोडीको समेत अभिनय देख्न सकिन्छ । रमिला आचार्य, यशोदा सुवेदी, नरेन्द्र कंसाकार, दीपकराज गिरी, दीपाश्री निरौला र शिवहरी पौडेल चलचित्रका निर्माता हुन् ।
।