सूचनाको शक्ति - The Power Of Information

        

जुकरवर्गले माफि मागे 

क्यालिफोर्निया । फेसबुकका संस्थापक मार्क जुकरवर्गले कम्पनीले गरेको गल्तीका कारण करोडौँ फेसबुक प्रयोगकर्ताको व्यक्तिगत विवरणलाई राजनीतिक कन्सलटेन्सी फर्मले दूरुपयोग गरेको स्वीकार गरेका छन् ।
क्याब्रिज एनालिटिकाले आफ्ना राजनीतिक क्लाइन्टका लागि फेसबुकबाट व्यक्तिगत विवरणको दुरुपयोग गरेको आरोप लागेको छ ।
एक वक्तव्य जारी गर्दै जुकरवर्गले ‘विश्वासघात’ भएको जनाएका छन् ।
त्यसपछि सिएननलाई दिएको अन्तर्वार्तामा उनले माफी माग्दै दोषीमाथि कारवाहीको प्रतिबद्धता जनाए ।
यदी कङ्ग्रसको अगाडि बयान दिनु सही कुरा हो भने आफू त्यसका लागि पनि तयार रहेको उनले बताए ।
फेसबुकमा जारी गरिएको उनको वक्तव्यमा अबदेखि प्रयोगकर्ताहरुको व्यक्तिगत विवरण ‘चोर्न’ एप्लिकेसनहरुलाई थप कठिन बनाइने पनि प्रतिबद्धता जनाए ।
‘हाम्रो जिम्मेवारी भनेको तपाईंहरुको गोप्य डाटालाई सुरक्षा गर्ने हो,’ उनले भने, ‘यदी हामी त्यो गर्न सक्दैनौँ भने हामीले तपाईंहरुलाई सेवा दिन लायक छैनौँ ।’

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०७:३९