काठमाडौँ ।सन् २०१९ मा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत दक्षिण कोरियामा कामदार छनोट गर्न लिइने नवौं चरणको कोरियन भाषा परीक्षाको आवेदन फारम संकलन कार्य बिहीबार (आज) बाट सुहरु हुने भएको छ ।
बिहीबारदेखि आगामी १७ चैतसम्म आवेदन फारम अनलाइनबाटै भर्न सक्ने छन् । १८ वर्ष पुरा भई ३९ वर्ष ननाघेको नेपाली नागरिकले यो भाषा परिक्षन दिन पाउने छ
परीक्षामा सहभागी हुन चाहनेहरुले ईपीएस कोरिया शाखाको नेपालको आधिकारिक वेबसाइटबाट लग इन गरी त्यहाँ उल्लेख भएका विवरण अनलाइनबाटै भर्न पाउनेछन् ।
जसका कारण गत बर्ष पहिलोपटक सुरु हुनुभन्दा अघिका वर्षझैं फाराम भर्न रातभर लाइनमा बस्नुपर्ने छैन ।
।