सूचनाको शक्ति - The Power Of Information

        

डब्लुएचओको चेतावनी, १६ देशमा लिष्टेरिओसिस रोगको खतरा

जेनेभा  । विश्व स्वास्थ्य संगठन ९डब्लुएचओ० ले अफ्रिकी सहित १६ देशलाई मंगलबार ‘लिष्टेरिओसिस’को प्रकोप बढ्नसक्ने भन्दै चेतावनी दिएको छ। सन् २०१७ मा फैलिएको ‘लिष्टेरिओसिस’को प्रकोपबाट धेरै जनाको मृत्यु भएपछि डब्लुएचओले यस्तो चेतावनी दिएको हो। त्यस्ता अफ्रिकी देशहरुमा एङगोला, बोटस्वाना, लोकतान्त्रीक गणतन्त्र कंगो, घाना, लेसोथो, माडागास्कार, मालावी, मौरिसस, मोजाम्बीक, नामिविया, नाइजेरिया, स्विजरल्याण्ड, तान्जेनिया, युगान्डा, जाम्बीया र जिम्बाबे रहेका छन्।

सन् २०१७ को जनवरी सम्ममा दक्षिणी अफ्रिकामा यस प्रकोपमा परी झण्डै दुइ सय जनाको मृत्यु भएको डब्लुएचओका सदस्यहरुले जनाएका छन्। यो मासुजन्य रोग हो । एकै स्थानमा उत्पादन भएको मासु र मासुजन्य पदार्थ धेरै ठाउँ वा देशमा पुर्‍याउँदा हुनसक्ने प्रदूषणका कारण यो रोग देखापर्दछ। त्यसकारण मासु खाँदा वा ढुवानी गर्दा निकै सजगता अपनाउन आवश्यक छ। रासस

प्रकाशित मिति : ८ चैत्र २०७४, बिहीबार ०२:२०