सूचनाको शक्ति - The Power Of Information

        

सिभिल बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ सम्म

काठमाडौं । सिभिल बैंकले लिलामीका लागि पुनः संस्थापक सेयर बोलपत्र आब्हान गरेको छ । १ करोड ३० लाख रुपैयाँ बराबरको संस्थापक हकप्रद बिक्री भएपछि बाँकी रहेको ३१ लाख २१ हजार ६०० कित्ता पुनः बिक्री खुला गरेको हो ।
बैंकको संस्थापक सेयर बिक्री चैत १४ देखि खुलाभई २१ गतेसम्मलाई तोकिएको धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ । बैंकले बिक्री नभएको संस्थापक र सर्वसाधारण गरी ४२ लाख कित्ता बढी हकप्रद पुनः लिलाम गरेको थियो ।
सर्वसाधारण तर्फ छुटट्याइएको ९ लाख कित्ता सबै बिक्री भएको लक्ष्मीका प्रमुख सञ्चालन अधिकृत ९सीओओ० आतिस श्रेष्ठले जानकारी दिए । साधारण हकप्रद प्रतिकित्ता १३३ रुपैयाँमा बिक्री भएको छ । चुक्तापुँजी बढाउन सिभिलले ४० प्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:५२