सूचनाको शक्ति - The Power Of Information

        

नेपाल र भारतबित वाणिज्य सम्बन्धि वैठक वैशाखमा

काठमाडौं । नेपाल र भारतको वाणिज्य सम्बन्धि उच्च स्तरिय वैठक वैशाख दोस्रो साता नेपालमा हुने भएको छ । दुई देशबीचको व्यापारलाई सुद्रिढ बनाउने उद्देश्यले वैशाख ११ देखि १४ गतेसम्म पोखरामा वाणिज्य सम्बन्धि उच्च स्तरको वैठाक हुने भएको हो ।
दुई चरणको वैठक हुनेछ । जसमा पहिलो सहजसचिव स्तरको अन्तर सरकारी संयन्त्र (आईजीएससी)को वैठक र दोस्रो सचिव स्तरको अन्तर सरकारी संयन्त्र (आईजीसी)को वैठक उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता रविशंकर सैंजुले बताए ।
पहिलो वैठक वैशाख ११ र १२ गते हुनेछ भने, दोस्रो चरणको आईजीसीको वैठक १३ र १४ गते गर्ने मिति तय भएको छ । वैठकको लागि मन्त्रालयले ठोस एजेन्डाको सम्बन्धमा छलफल गरिरहेको जानकारी दिएको छ ।
उक्त उच्च स्तरिय वैठक नेपाल र भारतमा पालैपालो हुदै आएको मन्त्रालयको भनाइ छ । मन्त्रलयको अनुसार वैठकमा नेपाल र भारतबीचको व्यापार पारवहन, दुई देशबीच व्यापारमा देखिएका समस्या, समाधानको उपाय लगायत मुद्धाहरुमा बृहत्त छलफल हुने छ । अधिकारीहरुले उक्त वैठक नेपाल र भारतबीचको व्यापारको लागि महत्वपूर्ण हुने बताएका छन् । वैठक पछि दुई देशबीच गरिएको महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिने प्रवत्ता सैंजुको भनाइ छ ।
सरोकार व्यवसायीहरुले भने वैठकमा पछिल्लो समय समस्याको रुपमा चुलिएको भारतबाट आयात हुने क्लिङ्कर, अदुवाको अबरोध लगायतको मुद्धाहरुको विषयमा वैठकले सम्बोधन गर्न पर्नु पर्नेमा जोड दिदै आएका छन् ।

प्रकाशित मिति : ७ चैत्र २०७४, बुधबार ११:२२