नेपालको प्रशासनीक क्षेत्र राजनीतिकरण भएको छ । प्रशासनीक क्षेत्रमा व्यापक अनियमितता छ । जनताको सेवामा लाग्नुपर्ने कर्मचारी राजनीतिक दलको झण्डा बोकेर तालाबन्दी र आन्दोलन गर्छन् । सरकारको नुनपानी खाएपछि जनताको सेवा गर्नुपर्दैन ? कर्मचारीले जे गर्दा पनि हुने ? नेपाल आयल निगमका अधिकृत तथा नेपाल राष्ट्रिय कर्मचारी संगठनका अध्यक्ष गोपालचन्द्र राईसँग पत्रकारका संवाददाता सञ्जय श्रेष्ठले गरेको कुराकानी :
कर्मचारी संगठनहरुको आवश्यक किन छ ?
– कर्मचारीको हकहित, संरक्षण, बृद्धि विकासको लागि कर्मचारी संगठनको आवश्यक छ ।
कर्मचारी संगठनहरु सरुवा बढुवा कर्मचारी भर्ना मा केन्द्रित भएको कारण प्रशासनिक क्षेत्र अस्तव्यस्त र भ्रष्ट भएको आरोप लाग्छ नी ?
– कर्मचारी संगठनहरु सरुवा बढुवा भर्नाको लागि होइन यो गलत छ । कर्मचारीको बृद्धिविकास र अधिकारको लागि सुरु भएको हो । मदुर वर्गको स्वतन्त्ररुपमा काम गर्ने वातावरण निर्माण गर्न, हेपिएको च्यपिएको कर्मचारीको पक्षमा बोलिदिने हो । तर नेपालमा त्यो देखिदैन राजनीतिकरण भएको छ । पार्टीगत आस्थाको पछाडि लाग्छन् ।
सरकारको नियम कानून छ, इमान्दार भएर काम गर्दा सरुवा बढुवा भैहाल्छ नि संगठनहरुको साहारा लिनुपर्छ र ?
– यदि यो नीति नियम अनुसार काम हुने हो भने तपाइले भनेको ठिक हो । तर यहाँ त्यो कार्यान्वयन छैन केवल देखाउनको लागि छ । त्यसैले कर्मचारीहरु अन्यायमा पर्नुहुन्न । कर्मचारीको अधिकारको लागि भनेर कर्मचारी संगठन निर्माण भएको हो । सरकारले आफुले बनाएको मजदुर सम्बन्धी नियम कार्यान्वयन गर्ने हो भने यी संगठनहरु आफ्ै ठिक हुन्छ । अनावश्यक बन्छ तर सरकार उदासिन हुँदासम्म संगठनहरुको आवश्यकता रहिरहन्छ ।
कर्मचारी संगठनहरु कर्मचारीका हाकिमहरुले गर्ने अनियमितता र भ्रष्टाचारमा किन बोल्दैन ?
– त्रास र आसले गर्दा । सबै कुरा हाकिमको हातमा हुन्छ । सरुवा बढुवा लगायतको कुरा अनि कर्मचारीहरु सरुवा गर्दिन्छन् कि, बढुवाको नम्बर नदेलना कि भन्ने त्रास छ । अर्को आस, अलि बढि कमाउन पो सकिन्छ कि, राम्रो ठाउमा डिउटी गर्न पाइन्छ की भन्ने आस ।
नेपाल आयल निगममा सबै राजनीतिक दलका कर्मचारी संगठन छन्, तर आयल निगमको हितको लागी किन काम नगरेको ?
– हामी सबै कुरामा त मिल्दैनौं, तर सामुहिक हितमा एक छौं । हामीले स्वचाति मुल्य पद्धतिमा सामुहिक निर्णय गर्यौ, स्टोरनेस क्यापासिटी बृद्धि गर्ने कुरा, एलपी ग्याँस प्लान्ट निमार्णको कुरा लगायतको धेरै बिषयमा एक भएका छौं ।
नेपाल आयल निगमको अवस्था कस्तो छ ?
– अहिले निगम नाफामा छ । यहि तरिकाले अगाडी बढे निगमले छिट्टै बिभिन्न क्षेत्रमा काम गर्न सक्छ । हामिले भनेका छौं, अब निगममा जनतालाई सेयर दिनुपर्छ । यसको लागि अर्थ मन्त्रालयको सह सचिवको अध्यक्षको नेतृत्वमा समिति पनि बनेको छ । हामीले निरन्तर खबरदारी गरिरहेका छौं । यो कार्यान्वयन गर्नुपर्छ । जनतालाई मालिक बनाउनुपर्छ, निगम कहिल्यै घाटामा जाँदैन ।
नेपाल आयल निगमलाई विकास गर्न के गर्नुपर्छ ?
– नेपाल आयल निगमको एलपी ग्याँस र पेट्रोलियम पदार्थ दुबैमा स्वचालित मुल्य पद्धति लागु गर्नुपर्छ । निगमको हरेक डिपोमा मिटर जडान गर्नुपर्छ । निगममा राजनीति भर्ती केन्द्र बन्द गर्नुपर्छ । सञ्चालन समितिको फर्मेसन हुनुपर्छ । कर्मचारीमा पारर्दशिता, जवाफदेहिता तथा मितव्ययीता हुनुपर्छ ।
।