सूचनाको शक्ति - The Power Of Information

        

सनराइज बैंकद्वारा टुहुरा बालिकालाई छात्रवृत्ति

दार्चुला । दशौँ वार्षिकोत्सवको अवसरमा सनराइज बैंक लिमिटेड शाखा दार्चुलाले दुईजना टुहुरा बालिकालाई छात्रवृत्ति प्रदान गरेको छ ।ब्यास गाउँपालिका वडा नं २ दुम्लिङ गाउँको सर्वहित आधारभूत विद्यालयमा अध्ययनरत छात्रा अञ्जना बुढाथोकी र करिष्मा जोहारीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

एघार वर्षीय अञ्जना बुढाथोकी कक्षा ५ मा अध्ययनरत छात्रा हुन् भने, सात वर्षीय करिष्मा जोहारी कक्षा ३ मा अध्ययनरत छात्रा हुन् । उनीहरुको पढाइका लागि बैंकले वार्षिक १७ हजारका दरले रु ३४ हजार विद्यालयको खातामा जम्मा गरिदिएको छ । सनराइज बैंक दार्चुला शाखाका प्रबन्धक राकेश बुढाथोकीले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धामीलाई बैंक र विद्यालयबीच भएको सम्झौताको पत्र हस्तान्तरण गर्दै छात्रवृत्ति प्रदान गरेको हो । कक्षा १२ सम्म पढ्नका लागि बैंकले छात्रवृत्ति प्रदान गरिरहने छ

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १०:५०