सूचनाको शक्ति - The Power Of Information

        

६ करोड ९८ लाख रुपैयाँ लाभांश सेन्ट्रल फाइनान्सले दिने

काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडको २४८औं सञ्चालक समितिको बैठकमा सेयरधनीलाई ६ करोड ९८ लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको छ । संस्थाले हकप्रद सेयरपछिको चुक्ता पुँजीको ८.५ प्रतिशत बोनस र कर प्रयोजनको लागि ३४ लाख ९३ हजार ९२२ रुपैयाँ नगद गरी सो मात्राको लाभांश वितरण गर्न लागेको हो ।
हकप्रद पश्चात संस्थाको चुक्ता पुँजी ७८ करोड ९ लाख रुपैयाँ पुगेको छ । ८.५ प्रतिशत बोनसपछि फाइनान्सको पुँजी ८४ करोड ७२ लाख रुपैयाँ नाघ्ने छ ।
सञ्चालक समितिको प्रस्तावलाई नेपाल राष्ट्र बैंकले स्वीकृत तथा संस्थाको आगामी साधारणसभाले पारित गर्नुपर्ने छ

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १०:०९