सूचनाको शक्ति - The Power Of Information

        

७ थप शाखा कार्यालय सञ्चालनमा

काठमाडौं । जनता बैंक नेपाल लिमिटेडले थप ७ शाखा संचालनमा ल्याएको छ । थप २ शाखा र ५ शाखा रहित बैकिङ्ग कार्यालय सञ्चालनमा ल्याएको हो । २ शाखा बाराको सिमरौनगढ र पोखराको बुढीबजारबाट कारोवार शुरु गरेको छ ।
साथै, बैंकले कैलालीको बनवेहडा, दुर्गौली र स्याउले बजार तथा दाङको मौरीघाट र फलकापुर गरी ५ स्थानबाट शाखा रहित बैंकिङ्ग सेवा शुरु गरेको हो । यससगै, हाल बैंकले ९८ शाखा, ३१ शाखा रहित बैंकिङ्ग, ३ सीमित बैंकिङ्ग ईकाइ, ३ एक्सटेन्सन काउन्टर र ६९ एटिएमबाट सेवा प्रदान गरिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार १०:००