सूचनाको शक्ति - The Power Of Information

        

अबको डेढ वर्षभित्र सेजका उत्पादन बजारमा : चण्डिका भट्ट


तत्कालीन प्रधानमन्त्री सुशिल काइरालाका पालोका उद्योगमन्त्री महेश बस्नेतले विशेष आर्थिक क्षेत्र (सेज) अझै पूर्ण रुपमा संचालमा आएको छैन । सेज संचालन तथा अन्य जिम्मेवारी बहन गर्नको लागि गठन गरिएको (सेज) समितिको कार्यकारी निर्देशकमा चण्डिकाप्रसाद भट्टले झण्डै अढाइ वर्षदेखि काम गरेका छन् । नेपाल आयल निगमको महाप्रवन्धक हुँदा स्वचालित मूल्य प्रणाली लागु गरेर चर्चामा आएका भट्टसँग सेजमा डेढ वर्षको समयमा के कति काम यो अबको योजना के छ भनेर हामीले कुराकानी गरेका छौँ ।

सेजमा डेढ वर्ष के के काम गर्नु भयो ?
– यहाँ आएदेखि सेज सञ्चालनको तयारीमा हामी लागिरहेका छौँ। अहिलेत लगभ संचालनमा आयो भन्दा पनि हुन्छ । पूर्वाधार निर्माण गरी मेसिनरी राखेपछि उद्योग सञ्चालनमा आउँछ । सेजको तर्फबाट गरिने धेरै काम भएका छन् । लगानीकर्ताले गर्नुपर्ने निर्माणको काम बाँकी भएकाले केही समय लाग्ने भएको हो तर हाम्रो तर्फबाट काम भएको छ । हामीले भैरहवा सेज सञ्चालनमा आइसक्यो नै भन्न सक्छौ किन भने लगानीकर्ताले आएर सम्झौता गरिसकेको छन् भने रकम पनि बुझाइसकेको अवस्था छ ।

यो प्रकियासम्म आएर पनि समय लाग्यो नि के समस्या पर्यो ?
– विद्युतको कारण पनिहामीलाई केही समस्या परेको हो । पहिले ११ केभी विद्युत् उपलब्ध गराउन माग हामीले गरेका थियौं । फछि माग बढ्यो र ३३ केभी उपलब्ध गराउन माग गरेका छौं । विद्युत् प्राधिकणबाट विजुली दिने कुरा आइसकेपछि हामीलाई सवस्टेसनको आवश्यकता पर्यो । पहिले हामीले सेजमा विजुली हुन्छ भन्ने कुरामा आश्वस्त पार्न सकेका थिएनौं ।
जव हामीले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसँग छलफल गरेपछि उहाँले अहिले भइरहेकै संरचनामा आवश्यक भएको विद्युत् दिन सक्छौं भन्नुभएको छ । उहाँले हामीलाई विश्वस्त पारेपछि बैठकमा निर्णय पनि गरिएको छ । अहिले पनि लगानीकर्ताले विद्युत् माग्नुभएको अवस्थामा हामी विजुली दिन सक्ने अवस्थामा छौं । पहिले विद्युत् नै नभएर लगानीकर्ता जान नमानेको अवस्था थियो तर अहिले त्यो अवस्था छैन ।

काम अघि बढीसकेको छ भन्नु भयो सेजको उत्पादन किहलेबाट उपभोग होला त ?
– अबको एकरडेढ वर्ष उत्पादन बजारमा पुग्ने अपेक्षा राखेका छौँ । छिटै गरौ भनेर पनि भएन लगानीकर्ताका तर्फबाट बनाउनुपर्ने पूर्वाधार निर्माणको काम अझै पनि बाँकी छ । सवै कामको समय राख्दा एक डेढ वर्षमा होला जस्तो लाग्छ । केही उद्योगले त ६ महिनामै तयारी पुरा गरेर उत्पादन गर्छौं पनि भनेका छन् तर पनि एक डेढ वर्ष समय लाग्ने नै देखिन्छ ।

सेजले निर्यातमा कति योगदान पुर्याउन सक्ने अपेक्षा राख्नु भएको छ ?
– सेज निर्यात प्रवर्द्धनको लागि नै ल्याइएको अवधारणा हो । नेपालमा जे जति उद्योगहरुले निर्यात गरेका छन् । सेजमा आउने पनि तिनै उद्योग नै हुन् । तयारी पोशाक नेपालबाट निर्यात भएकै बस्तु हो । सुरुका दिनमा तयारी पोशाक निर्यात नेपालका उच्च स्थान बनाउन सफल भएको बस्तु हो । अहिले भने यो क्षेत्रमा केही समस्या आएर निर्यातमा केही समस्या आयो ।
हाम्रो सर्भेमा जति पनि उद्योगले अहिले निर्यात गरेका छन्, तिनीहरूको अहिले अन्तर्राष्ट्रियस्तरमा बजार स्थापित छ । यस्ता उद्योग सेजमा बढी आकर्षित भएको अवस्था छ । उहाँहरूले बाहिर पनि उत्पादन गर्नुनै भएको छ तर सेजमा आउँदा पाउने सेवा सुविधा धेरै हुन्छ । सेवा सुविधाका कारण पनि धेरै उद्योग आकर्षित भएको अवस्था हो । विदेशमा बजार भएका उद्योगहरू नै हामीसँग आएकाले भोलिका दिनमा पनि सेजको जुन मर्म र उद्देश्य राखेर स्थापना गरिएको छ त्यो पुरा हुन्छ भन्नेमा हामी ढुक्क छौँ ।

सेजको उत्पादन अन्तर्राष्ट्रिय बजारलाई लक्षित गरिएको छ तर अन्तर्राष्ट्रिय बजारसँग प्रतिस्पर्धा गर्ने गरी पूर्वाधार निर्माण भएको छ त ?
हो हामीले सेजको पूर्वाधार अन्तर्राष्ट्रियस्तरकै छ । उद्योगलाई चाहिने सबै किशिमको पूर्वाधार हामीले जुटाइसकेको छौँ । बाटो, पानी लगायतका केही पूर्वाधारमा विदेशमा पाउने गुणस्तर र नेपालमा पाउनेमा केही फरक होला त्यो सामान्य हो । हामीले अन्तर्रा्ष्ट्रियस्तरको पूर्वाधार निर्माण गरिसकेका छौं । विदेशी बजारमा प्रतिस्पर्धा गर्नको लगि पनि विदेशको तुलनामा नेपालमा जनशक्ति सस्तो छ । नेपाली श्रम सस्तो भएकाले अन्तर्राष्ट्रिय बजारमा मूल्यसँग प्रतिस्पर्धा गर्न नेपाल उद्योग सक्षम हुनेछ भन्ने नै हो ।

अन्तिममा, सेजमा पुग्ने उद्योगीले के कति सुविधा पाएका हुन्छन् ?
आयकर छुटनै मुख्य सुविधा हो यस बाहेक पनि धेरै छन् । पहिलो पाँच वर्षमा उद्योगले शतप्रतिशत आयकर छुट पाउँछन् । अर्को पाँच वर्षमा ५० प्रतिशत छुट हुन्छ । उत्पादनको कच्चा पदार्थ र मेसिनरीमा भन्सार शुल्क तिर्नु नपर्ने व्यवस्था छ । यदि हिमाली क्षेत्रमा सेज भएमा त्यहाँ स्थापना भएका उद्योगले १० वर्षसम्म नै आयकर छुट पाउँछन् । स्थानीय कर नलाग्ने व्यवस्था छ । उद्योगी व्यवसायीले झेल्दै आएको सबैभन्दा ठूलो समस्या बन्द हड्ताल सेजभित्र गर्न पाइँदैन यो अर्को राम्रो पक्ष हो । एकद्वार प्रणालीबाट सेवा सुविधा उपलब्ध गराउँछौं । उद्योग दर्ता, कम्पनी रजिष्ट्रेसन, कर, बिमा, फ्रेट फारवार्डिङ, बैकिङ सवै सुविधा सेजमै उपलव्ध हुन्छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०३:३०