सूचनाको शक्ति - The Power Of Information

        

काँग्रेस संसदीय दलको नेतामा बलदेव सर्वसम्मत

रेनुका गिरी । बुटवल । नेपाली कांग्रेस ५ नम्बर प्रदेश संसदीय दलको नेतामा बलदेव शर्मा पोखरेल सर्वसम्मत चयन भएका छन् । सोमबार बसेको कांग्रेस संसदीय दलको बैठकले शर्मालाई प्रदेशको संसदीय दलको नेता बनाएको हो ।
कांग्रेसको संसदीय दलको नेता प्रदेश सभाको विपक्षी दलको नेताको रुपमा रहने छन् । उम्मेद्वारी दर्ता भएको एक महिनापछि कांग्रेसको प्रदेश सभा दलको नेताको टुंगो लागेको हो । फागुन ५ गते दलको नेताका लागि पोखरेल सहित डिल्ली चौधरी, विरेन्द कनौडिया, विरबहादुर राना र फकरुद्धिन खाँले उम्मेद्वारी दिएका थिए । तर विचमा ३ पटक तोकिएको निर्वाचन स्थगित सोमबारको लागि तोकिएको थियो ।
उमेद्वारहरुबीच छलफल भएपछि बाँकी चार जनाले आफ्नो उम्मेद्वारी फिर्ता लिएपछि पोखरेल सर्बसम्मत दलको नेता चुनिएका हुन् । दलको नेतामा चयन भएपछि पोखरेलले सरकारको राम्रो कामको समर्थन गर्ने र गलतकामको विरोध गर्ने बताए । नेता पोखरेल प्रदेश सभाकै ज्येष्ठ सदस्य हुन् । पाँच नम्बर प्रदेश मात्र नभई सात वटै प्रदेश सभामा जेठो हुन् । प्रदेश सभामा सभामुखको निर्वाचन अघि उनले नै बैठकको अध्यक्षता गरेका थिए ।

प्रकाशित मिति : ६ चैत्र २०७४, मंगलवार ०२:०३