सूचनाको शक्ति - The Power Of Information

        

दुई वर्षमा ८७ को हवाई दुर्घटनामा मृत्यु

Nepalese rescuers stand near a passenger plane from Bangladesh that crashed at the airport in Kathmandu, Nepal, Monday, March 12, 2018. (AP Photo/Niranjan Shreshta)

काठमाडौं : दुई वर्षको अवधिमा नेपालमा हवाई दुर्घटनाबाट ८७ जनाको मृत्यु भएको छ। साता जिल्लामा आठ हावाई दुर्घटना हुँदा ८७ जनाको मृत्यु भएको छ । प्राधिकरणको तथ्यांक अनुसार सबैभन्दा धेरै २८ फागुन २०७४ मा युएस बंगला एयरलाइन्स दुर्घटना हुँदा ५१ जनाको मृत्यु भएको छ। त्यस्तै १२ फागुन २०७२ म्याग्दीको सोलिघोप्टेमा तार एयर दुर्घटना हुदाँ २५ जनाको मृत्यु भएको थियो। यी बाहेक थप अन्य स्थानमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको छ। १२ फागुन २०७२ मा म्याग्दीको सोलिघोप्टेमा तारा एयर दुर्घटना भएको थियो। तारा एयरको ९ए-एएचएच,डिएचसी-६/४०० दुर्घटना हुँदा २५ जनाको मृत्यु भयो। तारा एयर दुर्घटना भएको दुई दिन पछि कालिकोटको चिलखाइयामा एयर काष्ठमण्डपको हलिकोप्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। ९ए-एजेपी, पी७५०-एक्सएल एयर दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। ३ जेठ २०७४ मा सोलुखुम्बुको लुक्लामा अर्को एयर दुर्घटना भयो। गोमा एयरको ९ए-एकेवाइ, एल ४१० दुर्घटना हुँदा दुई जनाको मृत्यु भयो। १८ फागुन २०७४मा युएस बंगला विमान दुर्घटना हुँदा ५१ जनाको मृत्यु भयो। नेपालको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा बिएस२११,एस२, एजियु, डिएचसी-८/क्यु४०० को युएस बंगला विमान दुर्घटना भएको थियो। पछिल्लो दुई वर्षमा भएको आठ दुर्घटनामध्ये तीन पटक भएको दुर्घटनामा भने मानवीइ क्षति बेहोर्नु परेन। सम्वन्धित विमानमा भने क्षति पुग्यो। हुम्लाको सिमिकोटमा भएका दुई र रुपन्देहीको भैरहवा भएको एक दुर्घटनामा क्षेति भएको थिएन। २० साउन २०७३ मा हुम्लाको सिमिकोटमा ९ए-एकेसी, सि२०८-बी नामको मकालु एयर दुर्घटना भएको थियो। असौज ८, २०७३ मा रुपन्देहीको भैरहवामा ९ए-एआइबी, जिएस ४१ नम्वरको यति एयरलाइन्स दुर्घटना भएको थियो। त्यस्तै हुम्लाको सिमिकोटमा ९ए-एबिएम, डिएचसी ६/३०० नम्बरको तारा एयर दुर्घटना भएको थियो।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार १४:४६