सूचनाको शक्ति - The Power Of Information

        

निरन्तर कम्प्युटर चलाउँदा गर्दनमा समस्या

सञ्जय श्रेष्ठ । काठमाडौं । मान्छेहरु धेरै व्यस्त छन्, व्यस्त दैनिकी आजका मासिहरुको आदत नै हो । त्यसमा पनि मासिहरु एक ठाउँमा बसेर धेरैकाम गर्न चाहन्छन्, ल्यापटप, कम्पुटर, टेलरिड लगायतको निरन्तर निहुरिएर गर्ने कामले गर्दनमा नसा च्यापिने समम्या हुने अकुपन्चर विषेशज्ञ सुदर्शन बस्नेत बताउँछन् ।
सुस्वास्थ्य हस्पिटलको संचालकसमेत रहेका बस्नेत भन्छन्, ‘अहिलेको समय भनेको डिजिटल समय हो । मान्छेहरु एक ठाउँमा रहेर घण्टौंसम्म काम गर्छन्, त्यसो गर्नु राम्रो होइन । यस्तो क्रियाकलापले गर्दनको नसामा समस्या हुन्छ ।’ हामीले दैनिकीलाई परिवर्तन गर्नु अत्यन्तै जरुरी छ ।
यो समस्या विश्वभरकै मानिसमा रहेको छ । यसको समस्याको मुख्य कारण भने कै खानपिन र दैनिकी हो । किसान, मजदुर तथा सबैलाई यो समस्या हुन्छ । जो निरन्तर निहुरिएर लामो समयसम्म काम गर्छन् उनीहरुमा पनि यो समस्या बढी देखिन्छ । महिला, पुरुष तथा सबै उमेरको मानिसमा यो समस्या हन्छ ।
गर्दनमा नसा च्यापिनुको कारण
गर्दनको हड्डी खिइनु : शरीरको बढी चल्ने भाग गर्दन भएको कारण र यो भागको हड्डी कमलो हुने भएको कारण हड्डी छिटो खिइने हुन्छ । यो नसा च्यापिनुको कारण हो ।
डिक्सको परिवर्तन : गर्दनमा भएको हड्डीहरुको बिच भागमा रहेको डिक्स परिवर्तन हुँदा गर्दनको नसामा समस्या हुन्छ ।
मसल टाइट : गर्दनको नसा च्यापिनुको अर्को कारण भनेको मसल टाइट हुनु हो । आवश्यकता भन्दा बढी मसल टाइट हुँदा यो समस्या हुन्छ ।
बच्ने उपाय
१. लामो समय सम्म निहुरिएर काम नगर्ने,
२. दैनिकीमा ख्याल राख्ने तथा व्यायाम गर्ने,
३. खानपानमा बिषेश ध्यान दिने,
उपचार विधि
१. नेचुरल थेचापी
२. एलोपेथिक
नेचुरल थेरापिमा प्राकृतिक उपचार पद्धतिबाट गरिन्छ । यो व्यवहारिक र सस्तो हुन्छ । एलोपेथिकमा औषधि खाने र अपरेसन गर्ने हो । नेचुरल थेरापिमा ९० प्रतिसत ठिक हुन्छ । यस्तो किसिमको बिरामीले सिधै नेचुरल थेरापी गराउँदा ठिक हुन्छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०९:२२