सूचनाको शक्ति - The Power Of Information

        

पारिवारिक समस्याले टेम्पो चालक भएँ

सञ्जय श्रेष्ठ । काठमाडौं । थेह्रथुम घर भएकी इन्दिरा लुइटेल लैचउर, लाजिम्पाट, टिचिङ्ग, चक्रपथ रुटमा टेम्पो चलाउँछिन् । २८ बर्षअघि छोरीको उपचारका लागि काठमाडौं आएको उनको परिवार हाल काठमाडौंमै बस्छन् । सानोमा खासै उद्देश्य नभए पनि पारिवारको अवस्थाका कारण आफु टेम्पो चालक भएको उनी बताउँछिन् ।
हाम्रो समाजमा महिलाहरुले स्तरिय श्रम गरेको पचाउँदैन । प्राय महिला हरुको गुनासो पनि छ । महिला भएकै कारण विभिन्न खाले शोषणमा परेको सुनाउछन् । तर इन्दिरा भने यि कुरा स्वीकार गर्दिन् । उनी भन्छिन्, ‘केहि समस्या छ, तर बढी समस्या महिलामा नै छ । महिलाहरु साना साना कुरामा समझदारी गर्छन्, आफु ठिक ठाउँमा बस्न नसक्दा समस्यामा पर्छन् । यसो हुनुमा बढी हिस्सा महिलाकै हो ।’
आफु ठिक भए कसैले केही नगर्ने उनको भनाइ छ । १६ बर्षेको चालक अनुभव सुनाउँदै उनी भन्छिन्, ‘१६ बर्ष भयो टेम्पो चालक भएको मैले त्यस्तो भोगेकी छैन । महिला भएकै कारण समस्यामा परेकी छैन । हेप्न खोज्छन्, यो स्वभाविक हो । तर आफु ठिक भएपछि समस्याहरु आफै साइड लाग्छन् । पहिलो कुरा हामीले तिनीहरुलाई हेप्ने ठाउँ दिनु भएन ।’

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०९:१०