सूचनाको शक्ति - The Power Of Information

        

सिद्धार्थ बैंकको बोनस सेयर १४ प्रतिशत

काठमाडौं । सिद्धार्थ बैंकको १६औं वार्षिक साधारणसभा आइतबार सम्पन्न भएको छ । उक्त साधारणसभामा कम्पनी सञ्चालक समितिले १४ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको चुक्ता पूँजी ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ । १४ प्रतिशत अर्थात ९५ करोड ५६ लाख ५६ हजार ४०२ रुपैयाँ बोनस पश्चात बैंकको पूँजी ७ अर्ब ७८ करोड रुपैयाँ पुगेको छ । साथै, बोनस सेयर अघि नै स्वीकृत भई जारी भइरहेको १० प्रतिशत हकप्रद सेयर समेत गरी बैंकको चुक्ता पुँजी ८ अर्ब ४६ करोड पुग्नेछ ।
हाल बैंकले १०० वटा शाखा ९३ एक्स्टेन्सन् काउन्टर सहित०, ९९ शाखारहित बैंकिङ्ग सेवा, १०७ एटीएम र ६८७ पीओएस् मेसिन मार्फत् बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
गत फागुन मसान्तसम्म बैंकको कुल निक्षेप ८७ अर्ब ५७ करोड रुपैयाँ र कर्जा लगानी ७९ अर्ब २९ करोड रुपैयाँ रहेको छ । सोहि अवधीसम्म बैंकले १ अर्ब १३ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको कम्पनीद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ५ चैत्र २०७४, सोमबार ०२:३४