सूचनाको शक्ति - The Power Of Information

        

महिन्द्रा भेइकलका अस्त्र ‘गुणस्तर, मूल्य र बजार नेटवर्क’ : सञ्जय जादव

सञ्जय जादव, भाईस प्रेसिडेन्ट, अन्तराष्ट्रिय अपरेशन प्रमुख (दक्षिण एसिया), महिन्द्रा एण्ड महिन्द्रा

सञ्जय जादव, भाईस प्रेसिडेन्ट, अन्तराष्ट्रिय अपरेशन प्रमुख (दक्षिण एसिया), महिन्द्रा एण्ड महिन्द्रा


महिन्द्रा एण्ड महिन्द्रा ग्रुपका उपाध्यक्ष तथा दक्षिण एसिया अपरेशन प्रमुख सञ्जय जादव पेशाले इञ्जिनियर हुन् । २० वर्षदेखि महिन्द्रा ग्रुपसँग आवद्ध रहेका जादवले ६० वटाभन्दा धेरै मुलुकहरुको भ्रमण गरिसकेका छन् । हाल महिन्द्रा एण्ड महिन्द्रा ग्रपका १० वटा उत्पादनहरुको बजारीकरण हेरिरहेका जादव हाल नेपाल भ्रमणमा छन् । प्रस्तुत छ महिन्द्राका कमर्सियल भेहिकलका बारेमा सञ्जय जादवसँग गरिएको कुराकानी :

नेपालमा महिन्द्रा एण्ड महिन्द्राको कमर्सियल (भेहिकल) गाडी बिक्रीको इतिहास कस्तो छ ?
– नेपालमा महिन्द्रा एण्ड महिन्द्राको यात्रा २६ वर्षअघि नै सुरु भएको हो । महिन्द्रा ग्रुपले नेपालमा कमर्सियल, हेभी, प्यासेञ्जर सेगमेन्टका सवारी साधनहरु उपलब्ध गराउँदै आएको छ । हामीले कमर्सियल सवारी भने १९९२ मा नेपालमा सुरु गरेका हौं । कमर्सियल सवारीको नेपाली यात्रामा हामी साह्रै सुखद सफलता पाइरहेका छौं । उपभोक्ताहरुले राम्रो प्रतिक्रिया दिइरहेका छन् । हामीले पनि राम्रो प्रडक्ट र राम्रो सर्भिस दिईरहेका छौं ।
पछिल्लो २६ वर्षदेखि हामी नेपाली बजारका लिडर नै हौं । दुगड ग्रुपसँगको सहकार्यले हामीलाई ठूलो सफलता दिइरहेको छ । लोडकिङ सेगमेन्टमा पनि हामी बजारको लिडर नै हौं । साना कमर्सियसल सवारीको सेगमेन्टमा पनि हामी सफल छौं । ३ वर्षअघि हामीले हेभी कमर्सियसल सवारीमा नेपालमा ल्याएका छौं । त्यसमा पनि हामीले बजारमा राम्रो पहुँच विस्तार गरेका छौं ।

एमभी दुगड ग्रुपसँगको सम्बन्ध र सहकार्य कसरी अघि बढिरहेको छ ?
– महिन्द्रा ग्रुपको सिद्धान्त भनेकै दीर्घकालिन आत्मिय सहकार्य नै हो । हामीले यहि सिद्धान्तका आधारमा पछिल्लो २६ वर्षदेखि मोतिलाल जी र विवेकसँग सहकार्य गरिरहेका छौं । यो सहकार्य राम्रो गतिमा अघि बढिरहेको छ । हामीसँगै अघि बढिरहेका छौं र दुगडसँगको सहकार्यलाई हामीलाई नेपाली बजारमा पुरस्कृत गरिहेको अनुभव गरिहेका छौं । यो सम्बन्धले हामीलाई अझै लामो यात्राका लागि प्रेरित गरिरहेको छ ।

कमर्सियल सवारीका सवालमा नेपाली बजारको कुनै अध्ययन गर्नुभएको छ ?
– हामी नेपाली बजारका बारेमा राम्रो जानकार छौं । दुगड ग्रुप आफैंले पनि नेपाली बजारको अध्ययन गरिरहेको छ । यहि इफोर्टले नै हामी नेपाली बजारमा लिडर ब्राण्डका रुपमा दुई दशकदेखि सशक्त रुपमा उपस्थित हुन सफल भएका छौं । व्यवसायिक कम्पनीका लागि बजारको अध्ययन अनिवार्य सर्त नै हुन् । दुगडको देशभर शाखाहरु छन् । सब डिलर र डिलरहरु छन् । हामी त्यतिकै बजारको लिडर ब्राण्ड भएका होइनौं । हामी सिधै उपभोक्तासँग जोडिएका छौं । हामी आफ्ना उत्पादनहरु नै बजारको अनुसन्धानका आधारमा तयार पार्छाै ।

नेपालले अख्तियारले गरेको विकासको गतिमा तपाईको बजार बढाउने योजना के छन् ? आगामी दिनमा महिन्द्राको कमर्सियल सवारीको बजार कस्तो होला ?
– नेपाल यतिबेला पूर्वाधार विकासको गतिमा तिब्र रुपले अघि बढिरहेको छ । ठूला पूर्वाधारहरुको निर्माणले गति लिएसँगै हाम्रा उत्पादनहरुको बजार पनि बढ्ने हो र त्यो बढिरहेकै छ । हाम्रा कमर्सियल सवारीहरुको बजार अझै बढ्दै जाने अपेक्षा छ । कुनै पनि उत्पादनको बजार भनेको उपभोक्तासम्म पुग्ने नेटवर्क नै हो । बजार विस्तारको नेटवर्क बिना कुनै पनि उत्पादनले उपभोक्ताको मन जित्न सक्दैन् । हामी बिक्रीपछिको सेवाका बारेमा पनि साह्रै सचेत छौं ।
दुगडले आफ्ना शाखा, सब डिलर र डिलर मार्फत कमिर्सयसल सवारीहरुको बिक्री गर्छ र बिक्रीपछिको सर्भिस पनि दिन्छौं । स्पेयर पार्टस्हरुको सहज उपलब्धता र बिग्रिएका सवारीहरुको निर्माण पनि हाम्रो उच्च प्राथमिकतामा रहने गरेको छ । हामीले बजार नेटवर्क विस्तारलाई सधै उच्च प्राथमिकतामा राख्दै आएका छौं । दुगडलाई देशभर उपयुक्त डिलर छान्न सहयोग गर्दै आएका छौं । उपकरण खरिद गरिसकेपछि स्पेयर पार्टस् र मर्मत सर्भिसमा पनि उपभोक्तालाई सहजता प्रदान गरेका छौं । अहिले देशभर १६ वटा डिलर्स छन् । जहाँबाट सेल्स, सर्भिस र स्पेयर्स पार्टस् उपलब्ध गराउँछौं । त्यसबाहेक थप २५ वटा स्पेयर्स पार्ट्सका बिक्रेता छन् ।

उपभोक्ताहरुले महिन्द्रा कम्पनीका कमर्सियल सवारी नै किन रोज्ने ?
– पक्कै पनि, अहिले संसारभरका राम्रा भनिएका कम्पनीहरुका कमर्सियल सवारी नेपालमा उपलब्ध छन् । त्यस अर्थमा नेपालीहरु साह्रै भाग्यमानी पनि छन् ।
अमेरिका, युरोप, जापान र कोरियाका उत्पादनहरु नेपालमा सर्वत्र उपलब्ध छन् । नेपालीहरुका माझ कमर्सियल सवारी साधनमा छनौटको राम्रो सुबिधा छ । तर पनि उनीहरुले महिन्द्रालाई नै पहिलो रोजाई बनाउँदै आएका छन् । बजारमा उपलब्ध अन्य कमर्सियल सवारी भन्दा महिन्द्राका सवारी दिगो हुन्छन् । लामो समयसम्म सेवा दिन सक्छन् । किनकी हामी सवारी बेच्ने काम मात्रै गर्दनौं । त्यसको मूल्य अभिवृद्धि (भ्याल्यु एडिसन) पनि गराउँछौं । उपयोगिता पनि बढाउँछौं । अर्थात महिन्द्राका कमर्सियल सवारी साधन अरु कम्पनीका भन्दा बढि उपयोगी र लामो समय टिक्छन् । त्यसका अलवा हामीले बिक्रीपछिको सर्भिस र स्पेयर पार्टस्मा पनि राम्रो ख्याल गर्दै आएका छौं ।
हाम्रा सवारी खरिद गरेपछि पार्टपुर्जा नपाउने, मर्मतमा कठिनाई हुने समस्या आउँदैनन् । हामीले उपभोक्तासँग क्रेता र बिक्रेताको रुपमा होइन, दुई वटा कम्पनीबीचको व्यवसायिक सम्झौताका रुपमा व्यवहार गरिरहेका छौं । हाम्रा कमर्सियल सवारी साधन खरिद गर्नेहरु आफैं व्यवसायी हुन र हामी उनीहरुसँग व्यवसायिक सम्बन्धका आधारमा व्यवहार गर्छाै । हाम्रा उत्पादनहरुमा न्यून इन्धन खपत हुन्छन् । हामीसँग आधुनिक तालिम प्राप्त मर्मतकर्ताहरु छन् । त्यसकारण, गुणस्तर, मूल्य, बजार नेटवर्क, उपयोगिता, मर्मत सम्भारको सुबिधा लगायतका कारणहरुले महिन्द्राका कमर्सियल सवारी साधन नै उपयुक्त हुनेछन् भन्ने हाम्रो मान्यता हो ।

नेपालमा बजारीकरणका लागि उत्पादक कम्पनीका रुपमा कुनै योजना बनाउनु भएको छ ?
– हामी आफैंले नेपालका लागि व्यवसायिक योजना बनाउनु पर्छ भन्ने मान्यता राख्दैनौं । हामी उत्पादन गर्छाै । गुणस्तर कायम गराउँछौं । नेपालमा व्यवसाय विस्तार गर्ने, उपभोक्तामा जानकारी पुर्याउने काम दुगड ग्रुपको हो । जुन काम उहाँहरुले लामो समयदेखि सफल ढंगले गर्दै आउनु भएको छ । हामीले भारतसहित संसारका अन्य मुलुकहरुमा व्यवसाय विस्तारका क्रममा प्राप्त गरेको अनुभवलाई साट्ने गरेका छौं । त्यसका आधारमा दुगड ग्रुपले नेपालमा व्यवसाय विस्तारको लागि काम गर्दै आएको छ ।

कमर्सियल सवारी साधनको सेगमेन्टमा अब चाँडै नेपालमा कस्तो प्रडक्ट आउँदैछ ?
नेपाल तिब्र गतिमा विकासको चरणमा हिडिरहेको छ । यो हाम्रा लागि राम्रो बजार पनि हो । अहिलेसम्म हामीले ठूला कमर्सियल सवारी र साना कमर्सियल सवारी मात्रै नेपालमा उपलब्ध गराउँदै आएका थियौं । अब भने हामी मध्यम खाल (इन्टरमेडियट) कमर्सियल सवारी पनि नेपालमा भित्र्याउने सोँच बनाएका छौं । आइसीबी सेगमेन्टमा पनि हामीले आफ्ना उत्पादन नेपाली बजारमा चाँडै पठाएर सबै खाले कमर्सियल सावरी उपलब्ध गराउने योजना बनाएका छौं । आइसीबीको उपलब्धता हाम्रा लागि र नेपाली बजारका लागि पनि नयाँ अध्याय हुनेछ ।

कति मूल्यदेखि कतिसम्मका कमर्सियल सवारी नेपाली बजारमा उपलब्ध छन् ?
– हामीले करिब ८ लाख मूल्यका कमर्सियल उत्पादनदेखि ६३ लाख मूल्यसम्मका कमर्सियल उत्पादन नेपाली बजारमा उपलब्ध गराएका छौँ । जितो, टिपर, ट्याक्टर टेलर्स, माक्सीमो, लोडकिङ, बस लगायतका उत्पादन नेपाली बजारमा उपलब्ध छन् ।

नेपाली उपभोक्ताका लागि कुनै बिशेष योजना छन् कि ?
– उपभोक्ताका लागि कस्तो योजना ल्याउँदा फाइदा हुन्छ भनेर दुगड ग्रुपले हेरिरहेको हुन्छ । मूल्यमा छुट दिने, स्पयेर्स पार्टस्, मर्मत सम्भारका सुबिधाहरुलाई आवश्यकता अनुसार ल्याउने गरेका छौं । मुलतः हाम्रा उत्पादनहरुले उपभोक्तालाई अधिकतम लाभ दिनुपर्छ भन्ने मान्यता छ ।

महिन्द्राको विश्व व्यापार सञ्जाल र हिस्सा कस्तो छ ?
महिन्द्रा ग्रुप १९४५ मा स्थापना भएको हो । यो विविधिकरण भएको औद्योगिक समूह हो । ११५ भन्दा बढि देशमा हाम्रो व्यवसाय विस्तार भएको छ । महिन्द्रा ग्रुपको मुल व्यवसाय भनेको अटोमोबाइल्स नै हो । ट्रक, बस, टिपर, ट्याक्टर, टु ह्विलर, थ्री ह्विलर, कमर्सियल सवारी, एसयुभी लगायतका सबै खाले सवारी साधन उत्पादन गर्छाै । हामी ट्याक्टरमा विश्वकै एक नम्बर कम्पनी हौं । हामीसँग टेक महिन्द्रा नामको आइटी कम्पनी पनि छ । सोलार, जलविद्युत उत्पादक कम्पनी पनि छन् । पूर्वाधार निर्माण कम्पनी लगायतका कम्पनी पनि छन् । हामी अटोबोमाइल मात्रै ६० वटा देशमा निर्यात गर्छाै । युरोप, अमेरिकामा अटोमोबाइल निर्यात गरिरहेका छौं । अमेरिकामा भर्खरै मात्रै एसेम्बल प्लान्ट राखेका छौं ।

महिन्द्रा एण्ड महिन्द्राका उपाध्यक्षको नाताले नेपाली उपभोक्तालाई सन्देश के छ ?
– नेपालका उपभोक्ताहरु ग्लोबल ब्राण्ड छान्ने सुबिधामा छन् । तर उनीहरुले महिन्द्रा एण्ड महिन्द्रालाई आफ्नो रोजाईमा पारेका छन् । यो हाम्रो ब्राण्डप्रति नेपालीहरुको विश्वास हो । हामी यो विश्वासलाई अझै मजबुत बनाउन चाहान्छौं । महिन्द्राका उत्पादनहरु प्रयोग गरेर नेपालीहरुले आफ्नो व्यवसायलाई बढाउन सक्छन् । महिन्द्रालाई नेपालीहरुले गरेको मायाले हामीलाई थप जिम्मेवार बन्न प्रेरित गरिरहेको छ । हामी गुणस्तर, मूल्य, उपयोगीता जस्ता कुरामा थप जिम्मेवार भएर अघि बढ्नेछौं । नेपालीहरुको यो माया अझै निरन्तर रहोस् ।

प्रकाशित मिति : ४ चैत्र २०७४, आइतवार ०९:४८