बेनी, म्याग्दी । निर्माणाधीन रघुगंगा जलविद्युत् आयोजनामा स्थानीयवासीले लगानी गर्न पाउने भएको छ । ४० मेगावाट क्षमताको रघुगंगा जलविद्युत् आयोजना लामो समयदेखि रोकिएको थियो । नेपाल विद्युत् प्राधिकरणले नयाँ ठेकेदार छनोट गरेपछि निर्माणकार्य अघि बढ्ने भएको हो । भारतीय ठेकेदार कम्पनी आइभीआरसीएल यसअघि निर्माणको जिम्मा पाएका थिए । आर्थिक संकटमा परेपछि रोहिएका आयोजना बोलपत्रमार्फत पुनःठेक्का जयप्रकाश एशोसिएसट्ले पाएको छ । ४५ महिनाभित्र सम्पन्न गर्ने गरी एशोसिएट्स र प्राधिकरणबीच निर्माण सम्झौता भइसकेको छ । अब भारतीय एक्जिम बैंकले स्वीकृति दिनुपर्ने छ । रघुगंगा हाइड्रो लिमिटेडका प्रशासकीय अधिकृत काशीनाथ दाहालले बताए ।
‘२०६७ सालदेखि निर्माण शुरु भएको २०७१ सालमा सम्पन्न गर्ने उद्देश्य थियो । सात वर्षमा आयोजनाको बाँधस्थलसम्म पुग्ने सडकको ट्र्याक, आवास गृहका भवन र २५ मिटर सुरुङ खन्ने मात्र काम गरेको छ । आयोजनामा एक्जिम बैंकले करिब ६ अर्ब रुपैयाँ लगानी गर्नेछ ।
विसं २०६७ मा ३२ मेगावाट उत्पादन गर्ने गरी काम अघि बढाइएको भएपनि त्यसमा आठ मेगावाट थपेर अहिले ४० मेगावाट पु¥याइएको छ । ‘यो आयोजनाको सम्भाव्यता सन् १९९८ मा गरिएको थियो । यसलाई पुनःअद्यावधिक गरेर ३२ मेगावाटबाट ४० मेगावाट बनाइएको हो’, अधिकृत दाहालले भन्नुभयो,– “प्राधिकरणले कम्पनी मोडेलमार्फत आयोजना अघि बढाउने र स्थानीयवासीलाई लगानीको अवसर सिर्जना गर्ने गरेको निर्णय स्वागतयोग्य छ ।”
‘नेपाल सरकार र भारत सरकारबीच सम्झौता भइसकेको छ । रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले तीन वडाका सर्वसाधारणले प्राथमिकताका आधारमा लगानी गर्न पाउने बताए ।
रघुगंगाबाट उत्पादिन विद्युत् सरकारले अहिले निर्माण गरिरहेको २२० केभिए कालीगण्डकी करिडोर प्रशारण लाइनअन्तर्गत दाना–खुर्कोट सव स्टेशनमा जोडिनेछ ।
धु्रवसागर शर्मा। रासस
।