सूचनाको शक्ति - The Power Of Information

        

युएस बड्गला दुर्घटनाले अत्यन्तै दुखि : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले युएस बंगला एयरलायन्सको जहाज दुर्घटनाबारे संसदलाई जानकारी गराएका छन्। विशेष समयमा बोल्दै प्रधानमन्त्री ओलीले आफु संसदको रोस्टमा अत्यान्तै दुखितले र भारी मनका साथ उपस्थित भएको बताउँदै फागुन २८ गते त्रिभुवन विमानस्थलमा भएको विमान दुर्घटनाले सबैलाई दुस्खी बनाएको बताए। दुर्घटनापछि उद्दार र उपचारमा कुनै कमि हुन नदिएको बताए। भविष्यमा यस्ता दुर्घटना हुन नदिन आवश्यक कदम चाल्न र सजगता अपनाउन सरकार तत्पर रहेको प्रधानमन्त्रीको बताए ।
दुर्घटनापछि विमानस्थल पुगी आवश्यक निर्देशन दिएको बताउ“दै उद्दारमा संलग्नहरुलाई धन्यवाद दिए। घटनाबारे जाँचबुझ गरी अबका दिनमा घटना हुन नदिन के गर्नु पर्छ छानविन गर्न पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको समेत संसदलाई जानकारी दिए।
चालक दलका ४ जना सहित ७१ जना सवार विमान दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको प्रधानमन्त्रीले संसदमा जानकारी दिए। जसमा २२ नेपाली, २६ बंगलादेशी र १ चिनियाँ रहेका छन्। शोक प्रस्ताव पारित विमान दुर्घटनाबारे संसदले दुस्ख प्रकट गरेको छ। संसदले शोक प्रस्ताव पारित गर्दै दुर्घटनाबारे दुस्ख प्रकट गरेको हो। बैठकले दुर्घटनामा ज्यान गुमाउनेहरु प्रति श्रद्धाञ्जली र परिवारजन प्रति समवेदना प्रकट गरेको छ। घाइतेहरुको शिघ्रस्वास्थ लाभको कामना गरेको छ।
संसदमा एक मिनेट मौन धारण दुर्घटनाप्रति दुस्ख व्यक्त गर्दै संसदमा एक मिनेट मौन धारण गरियो । सभामुख कृष्णबहादुर महराले दुर्घटना प्रति दुस्ख व्यक्त गर्दै मृतकको सम्झनामा एक मिनेट मौनधारणको लागि अनुरोध गरेका थिए।

प्रकाशित मिति : २ चैत्र २०७४, शुक्रबार १५:१५