पोखरा । नविल बैंकले प्रादेशिक कार्यालय पोखरामा विस्तार गरेको छ । पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले आज कार्यालयको उदघाटन गर्दै महानगरलाई स्वरोजगार शहरको रुपमा विकास गर्ने बताए ।
बैंकका अध्यक्ष शम्भुप्रसाद पौड्यालले नविल बैंकले आजै पोखराको न्यूरोड शाखाको प्रदेश नं ४ को प्रादेशिक कार्यालयका साथै तालचोक बगर र अमरसिंह चोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको बताए । बैंकका कावा प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले नयाँ शाखाबाट सम्पूर्ण बैंकिङ सुविधा प्रदान गरिने र आगामी दिनमा देशभर नै शाखाको सञ्जाल बढाउँदै लगिने बताए । २०५३ देखि निरन्तर सेवा दिँदै आएको सो बैंकको ६२ शाखा, १०५ एटिएम र एक हजार ५०० भन्दा बढी नविल रेमिट एजेन्टका रुपमा विश्वभरका एजेन्टमार्फत सेवा प्रवाह गर्दै आएको जानकारी बैंकका नायब महाप्रबन्धक रमेशप्रसाद लोहनीले दिए ।
।