सूचनाको शक्ति - The Power Of Information

        

भक्तपुर अस्पतालमा आँखा उपचार सेवा आजदेखि शुरु

भक्तपुर । भक्तपुर अस्पतालले आजदेखि आँखा उपचार सेवा सुरु गरेको छ । भक्तपुर अस्पताल, भक्तपुर अप्टिकल र योयो युनिटीले संयुक्त रुपमा शुरु गरेको योयो युनिटीका सचिव अरुण साँयजुले जानकारी दिए ।
योयो युनिटीको १६ लाख लागतमा भक्तपुर अप्टिकलको प्राविधिक सहयोग र अस्पतालको व्यवस्थापनमा सामान्य आँखाको शल्यक्रियासमेत गर्नेगरी सेवा शुरु गरिएको हो । चिकित्सकको सिफारिश बमोजिम बिरामीको आवश्यकता अनुरुप चश्माको पावर निर्माण गरी सहुलियत दरमा चश्मा वितरण गरिने उहाँले जानकारी दिए ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १५:०६