सूचनाको शक्ति - The Power Of Information

        

५० वर्षपछि नेपाली चियाले पायो ट्रेडमार्क

काठमाडौं । नेपाली चियाको व्यवसायीक खेति सुरु भएको करिव ५० वर्षपछि लोगो (ट्रेडमार्क) पाउने भएको छ । वार्षिक झण्डै तीन अर्ब रुपैयाँ बराबरको विदेशी बजारमा पुग्दासमेत विदेशी उपभोक्ताले कहाँको चिया हो थाहा पाउँन नसक्ने अवस्था अब भने लोगो पाउने भएको छ। । आगामी चैत २३ गते लोगो सार्वजनिक गरिने नेपाल चिया तथा कफि विकास बोर्डका कार्यकारी निर्देशक शेषकान्त गौतमले बताए। चैत २३ गते ‘नेपाल टी, क्वालिटी फ्रम दी हिमालय’ ट्रेडमार्क (लोगो) आधिकारिक रुपमा सार्वजनिक गरिने छ । बोर्डले नेपालमा हुन लागेको तेस्रो अन्तराष्ट्रीय चिया महत्सवको अवसरमा लोगो सार्वजनिक गर्ने । चिया उत्पादकको साझा संस्था अर्थोडक्स टी प्रोड्युसर्स र चिया तथा कफि विकास बोर्डले तयार पारेको लोगो नेपाल सरकारले स्वीकृत गरिकेको छ। के हुन्छ फाइदारु अव विश्‍व बाजारमा पुग्ने नेपाल टी, क्वालिटी फ्रम दी हिमालय नामक लोगो हुने छ। जसले तेस्रो मुलुकमा वाह्य व्यक्तिगत फार्मले आफू अनुकुल लोगोमा चियाको विक्री गर्दै आएकोमा अब भने यस्तो गर्न पाउने छैनन्। टेडमार्क पश्चात अन्तर्राष्ट्रिय बजारमा छुट्टै पहिचान स्थापना भइ प्रवर्द्धनमा सहयोग पुग्ने । अन्तर्राष्ट्रिय बजारमा पहिचान स्थापना, प्रवर्द्धन तथा प्रतिस्पर्धा गर्न सहयोग पुग्ने छ । तर ट्रेडमार्क प्राप्तिका लागि भने अन्तर्राष्ट्रिय मापदण्डभित्रका आधारभुत नियमहरु उद्योगी तथा व्यवसायीले पालना गर्नुपर्ने गौतमले बताए। चियाका व्यापारी तथा पूर्वगृहराज्यमन्त्री दीपक प्रकाश बास्कोटाले नेपाली चियाले लोगो पाएसँगै विदेशी बजारमा माग बढ्ने बताउ“छन्। स्वाद संसारका अन्या राष्ट्रको तुलनामा निकै फरक भएको बताउ“दै लोगो प्रदान भएपछि माग बढ्ने र उत्पादन पनि वृद्धि हुने बताए। हाल वार्षिक झण्डै सवा तीन अर्ब रुपैयाँ बराबरको चिया विदेशी बजारमा पठाउने गरेको छ। वार्षिक साढे २ करोड केजी चिया उत्पादन हुने गरेको छ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार १४:५१