सूचनाको शक्ति - The Power Of Information

        

सर्वश्रेष्ठ सिइयो बने कुलमान


काठमाडौं । लोडसेडिङको अन्त्य र विद्युत् चुहावटमा विशेष योगदान गरेको भन्दै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङ सर्वश्रेष्ठ सिइओ घोषणा भएका छन् । अध्यारो हटाएर उज्यालो नेपाल निर्माण गरेको तथा नेपालको अर्थन्त्रका सकारात्मक परिणाम निकालेको भन्दै उनलाई वर्षको सर्वश्रेष्ठ सिइयो घोषणा गरिएको विज्ञप्तिमा उल्लेख छ ।
सिइयो क्लबले आयोजना गरेको उक्त कार्यक्रममा एसएमएस भोटिङका आधारमा घिसिङ सर्वश्रेष्ठ सिइयो घोषणा भएको जनाएको हो । घिसिङसँगै प्रतिस्पर्धामा नबिल बैंकका डेपुटी सिइयो अनिल शाह, नेपाल टेलिककका प्रबन्ध निर्देशक कामिनी राजभण्डारी, बैंकर चन्द्र ढकाल लगायत रहेका थिए । सबै प्रतिस्पर्धीलाई पछि पार्दै घिसिङ सर्वश्रेष्ठ सिइयो भएको आयोजक संस्थाले जनाएको छ । बुधबार उनलाई एक कार्यक्रम माझ सर्वश्रेष्ठ सिइयोको अवार्ड दिइएको हो ।
यस्तै घिसिङलाई सर्वश्रेष्ठ सिइओसँगै ‘बेष्ट सिइओ अफ पब्लिक सेक्टर’ र सर्वाधिक लोकप्रिय सिइओ अवार्ड पनि दिइएको उल्लेख छ । विद्युतको माग र आपूर्तिको कुशल व्यवस्थापनका लागि उनलाई सम्मान गरिएको आयोजक संस्थाले जनाएको हो । आफूलाई प्राप्त भएको सम्मानलाई सम्पत्तिको रुपमा स्वीकार गर्दै आगामी दिनमा आफ्नो क्षेत्रमा अझै सक्रिय भएर लाग्ने घिसिङले बताए ।

प्रकाशित मिति : १ चैत्र २०७४, बिहीबार ०७:१७