बुटवल । मदन भण्डारी गोल्डकप नकआउट फुटबल प्रतियोगिता चैत ९ देखि बुटवलमा हुने भएको छ । फागुन अन्तिम साताबाट प्रतियोगिता सुरु गर्ने तयारी गरे पनि प्राविधिक समस्याका कारण मिति सारेको आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी प्रदेश ५ ले जनाएको छ ।
प्रतियोगिताको तेस्रो संस्करण रामनगरस्थित मानविज्ञान माविको खेल मैदानमा हुनेछ । खेल कार्यक्रम राष्ट्र प्रमुखबाट उद्घाटन र समापन हुने गरी व्यवस्थापन गरेको एकेडेमीका केन्द्रीय उपाध्यक्ष ध्रुव आचार्यले बताए । प्रतियोगितामा एक विदेशीसहित १० टिमले सहभागिता जनाउने छन् ।
प्रतियोगितामा मलेसियाको टिमसहित विभागीय टिम आर्मी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको एपीएफ, लक्ष्मी हुन्डाई मनाङ, रमपम झापा ११, सहारा, आयोजक मदन भण्डारी स्पोट्र्स एकेडेमी र साबिक विजेता रुपन्देहीको सुनौलो संगम रहेका छन । प्रतियोगिताको विजेताले १५ लाख नगद पुरस्कार र गोल्डकप पाउनेछ ।
।