सूचनाको शक्ति - The Power Of Information

        

महिन्द्राले ‘केयूभी १०० नेक्स्ट’ ल्याउँदै

काठमाडौं । महिन्द्रा गाडीको नेपालका लागि आधिकारिक विक्रेता अग्नि इन्कर्पाेरेटेडले ‘केयूभी १०० नेक्स्ट’ भित्र्याउन लागेको छ । ‘केयूभी १०० नेक्स्ट’ ‘केयूभी १००’ को परिस्कृत भर्सन हो । भारतमा नेक्स्ट मोडल पेट्रोल ५ र डिजल इन्जिनमा ५ गरी १० फरक भेरिएन्टमा उपलब्ध छ ।
नेपालमा कुन भेरिएन्टको कतिवटा गाडि ल्याउने तय भइनसकेको अग्नि इन्कर्पाेरेटेडका असिस्टेन्ट म्यानेजर (भेइकल सेल्स) रन्जित क्षेत्री बताउँछन् । ‘केयूभी १०० नेक्स्ट’मा फिचर्स थप तथा डिजाइन परिवर्तन गरिएकाले ‘केयूभी १००’को तुलनामा केही महंगो पर्न सक्ने क्षेत्रीले जानकारी दिए ।
यसमा धेरै सुविधा थपिएको भए पनि कम्पनीले नेपाली ग्राहकलाई सुहाउदो मूल्यमा ल्याउने प्रयास गरिरहेको उनले जानकारी दिए । क्षेत्रीका अनुसार १ हजार २ सय सिसिको यो ‘मिनि एसयुभी’ कम्पनीले केही महिनामै ल्याउने प्रयास गरिरहेको छ । ‘केयूभी १०० को बिक्रिबाट हामी उत्साहित छौ, नेक्स्टले त्यो भन्दा पनि राम्रो प्रतिकृया पाउनेमा हामी आशावादी छौ’ क्षेत्रीले भने ।
५ र ६ सिट क्षमता दुबै विकल्पमा उपलब्ध यो गाडी लामो दुरीको यात्राका लागि पनि उपयुक्त हुने कम्पनीको दावी छ । नेक्स्टमा ‘केयूभी १००’ भन्दा केही बदलाव गरिएको छ । यसको अगाडीको ग्रिल पहिलेको भन्दा फरक र आकर्षक भएको कम्पनीको दावी छ । त्यस्तै यसको बम्परलाई मस्क्युलर सेपमा दिइएको छ । यसको टेल ल्याम्प पहिलेको भन्दा नयाँ र क्लियर भएको कम्पनीले जनाएको छ । यसलाई स्पोर्टी लुक्स दिन कम्पनीले ‘इन्टिग्रेटेड स्पोएलर विथ एरो कर्नर’ समावेश गरेको छ । यसमा नयाँ मोडलको रेयर बम्पर प्लेट पनि चेन्ज गरिएको छ ।
त्यस्तै नेक्स्टमा ३८.१ सेन्टिमिटरको ‘डायमण्ड कट ड्युल टोन अलोए ह्विल’ दिइएको छ । यसमा रहेको ‘मस्क्युलर बडि लाइन्स’ले गाडीलाई आकर्षक देखाउने कम्पनीको दावी छ । यसको ड्यासबोर्ड कालो र सिल्भरको मिश्रित रङमा उपलब्ध छ । त्यस्तै यसमा १७.८ सेन्टिमिटरको टच स्क्रिन इन्फोटेन्मेन्ट सिस्टम समावेस छ, जसले चालकलाई गाडिको स्थिति र सिस्टमको जानकारी राख्न सहज हुने कम्पनीको दावी छ । ‘केयूभी १०० नेक्स्ट’मा इलेक्ट्रोनिक टेम्प्रेचर कन्ट्रोल प्यानल पनि जडान गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : २८ फाल्गुन २०७४, सोमबार ०६:११