भगतराम थारु । बाँके । तिम्रो जवानी खोज्दै कलाकार नरेश चौधरी नेपालगन्जको एक ग्यारेजमा पुगेका छन् । शनिवार साँझा जवानी खोज्न पुगेका नरेश चौधरी हाम्रो अटो पार्टस नेपालगन्जमा भौतारिरहेका थिए । मायामा पागल भएका नरेश बारम्बार तोहार जवानी अजराईल मात्रा भन्थे ।
मन पनि बौलाएका नरेशको जवानी देखेर ग्यारेजमा कार बनाउन आएका एक जना युवतीमाथि नजर गयो र भने तोहार जवानी अजराईल मोर मन बौलाईल भन्ने वित्तिकै जवानीमा पागल भएका युवतीले पनि जवाफ फर्काइन तुहिन देख्के मन घवराईल, दिलमे हलचल मचगईल, जव तोहार लग्गे आइथु तो लागथ करेन्ट अपन प्यारमे प्यारसे भन्ने वित्तिकै ग्यारेजमा जम्मा भएका सवैमा युवायुवतीमा हंगामा मच्चियो ।
एकैछिनमा कट कटको आवाज आयो र कलाकार नरेश चौधरी मुसुक्क मुस्कुराए साथमा रहेका कलाकार शिशिरा कडेल भावकु भए । यो सव थियो थारु म्युजिक भिडियो गितको छायाङकन । थारु म्युजिक भिडियोको सुटिङले शिशिरा कडेल थारु गानामा खुलेर नाचेका थिए । कलाकार नरेशको जवानीमा पागल भएका शिशिराले नरेशको नजरमा परिसके पनि जवानी झै चन्चल देखिएका थिए । हापपाइन्ट कालो चस्मामा सजिएका शिशिरा नरेशको नजरमा फसिसकेका थिए । आँखामा आँखा जुझाएका नरेश र शिशिराको जोडीले झन दर्शकहरु उमंगमय भएका थिए ।
दर्शकले खचाखच भरिएका ग्यारेजमा थारु म्युजिक भिडियो तोहार जवानी अजराईल बोलको गित हेर्नमै मस्ति थिए । तोहार जवानी अजराईल बोलको गितमा कोरियोग्राफीक सुरज थारुले दिएका छन् भने म्यामरामा रामु चौधरीले छायाङकन गरेर साथ दिनुभएको छ । तुहार जवानी अजराइल मन मोर बौराइल जब तुहार देह छुठुतो लागत करेन्ट आपन प्यार मोर मे करो सेन्टको बोलको गितको मेकअप अमृता चौधरीले गर्नुभएको छ । तोहार जवानी अजराईल बोलको गितमा स्वर गायक विश्व सागर परियार र गायीका सुमन चौधरीले दिनुभएको छ ।
।