सूचनाको शक्ति - The Power Of Information

        

टेलिकममा खुल्यो ५१ जनालाई जागिरको अवसर


काठमाडौं । दुर संञ्चार सेवा प्रदायक नेपाल टेलिकममा रोजगारीको अवसर खुलेको छ । टेलिकमले रोजगारीका ५१ जना माग गरेको हो । टेलिकमले सहायकदेखि उप–प्रवन्धक पदका लागि आवेदन माग गरेको छ । टेलिकमले सबैभन्दा धेरै सहायक पदमा २२ जनाका लागि रोजगारीको अवसर खुलाएको छ ।
खुल्ला १२ जना, महिला ३ जना, आदिवासी जनजाति ३ जना, मधेसी २ जना, दलित र अपाङ्ग १–१ जना माग गरेको छ । एसएलसी उत्र्तीणले सहायक पदमा रोजगारीका लागि आवेदन दिनसक्ने टेलिकमले जानकारी दिएको छ । सहायक प्रशासकीय अधिकृतमा २ जना माग गरिएको छ । सो पदका लागि खुल्ला र मधेसीबाट १–१ जना माग गरिएको हो ।
स्नातक वा सो सरह उत्र्तीण भएकाले आवेदन दिन सक्नेछन् । सहायक लेखा अधिकृतमा २ जना माग गरिएको छ । सो पदमा खुल्ला र महिलाबाट १–१ जना माग गरिएको हो । व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक उत्र्तीणले आवेदन दिन सक्नेछन् । टेलिकम इन्जिनियर (कम्प्युटर) मा ६ जना माग गरिएको छ । खुल्ला ३ जना, महिला, आदिवासी÷जनजाति र मधेसी १र१ जना माग गरिएको छ ।
टेलिकम इन्जिनियर (इलेक्ट्रिकल) मा ३ जना माग गरिएको छ । खुल्ला २ जना र आदिवासी÷जनजाति १ जना माग गरिएको छ । कम्प्युटर वा इन्फरमेसन टेक्नोलोजी वा इन्फरमेसन कम्युनिकेसन टेक्नोलोजी वा कम्प्युटर सफ्वेयर वा कम्प्युटर हार्डवेयर विषयमा स्नातक उत्र्तीण हुनुपर्नेछ । साथै नेपाल इन्जिनियरिङ परिषदमा अनिर्वाय दर्ता भएको हुनुपर्नेछ । टेलिकम इन्जिनियर (इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन) मा १५ जना माग गरिएको छ ।
खुल्ला ८ जना, महिला २ जना र आदिवासीरजनजाति, मधेसी, दलित, अपाङ्ग, पिछडिएको क्षेत्रतर्फ १र१ जना माग गरिएको छ । इलेक्ट्रोनिक्स वा टेलिकम्युनिकेसन्स वा इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन्स वा इलेक्ट्रिकल एण्ड इलेक्ट्रोनिक्स वा रेडियो कम्युनिकेसन वा इलेक्ट्रिकल एण्ड कम्यसनिकेसन वा सो सरहको स्नातक उत्र्तीण भएको हुनुपर्नेछ ।
साथै, नेपाल इन्जिनियरिङ परिषदमा अनिर्वाय दर्ता भएको हुनुपर्नेछ । उप–प्रवन्धक (टेलिकम) मा आदिवासीरजनजाति तर्फबाट १ जना माग गरिएको छ । इलेक्ट्रोनिक्स एण्ड कम्युनिकेसन वा टेलिकम्युनिकेसन्स वा रेडियो वा इफरमेसन कम्युनिकेसन टेक्नोलोजी वा सफ्टवेयर वा कम्प्युटर हार्डवेयरमा स्नातकोत्तर उत्र्तीण हुनुपर्ने छ । नेपाल इन्जिनियरिङ परिषदमा अनिर्वाय दर्ता भएको हुनु पर्नेछ ।
सरकारी सेवा अर्धसरकारी संस्थान वा कम्पनी वा दूरसञ्चार सेवा प्रदायक निकाय वा अन्तर्राष्ट्रिय संघ, संस्थाको र राष्ट्र बैंकबाट मान्यताप्राप्त बैंकको अधिकृतस्तरको पदमा ७ बर्षको कार्य अनुभव प्राप्त गरेको हुनुपर्नेछ । तर विद्यावरिधि स्तरको उपाधी प्राप्त गरेका उम्मेदवारको अनुभवको अवधि कम्तीमा ३ बर्षको हुनपर्नेछ । टेलिकमको वेवसाइट www.ntc.net वा recruit.ntc.net.np अनलाइन आवेदन फारम भर्न सकिनेछ । आजको मितिको ३५ दिनभित्रमा आवेदन सकिने टेलिकमले प्रकाशित गरेको सूचना उल्लेख छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ०८:३६