सूचनाको शक्ति - The Power Of Information

        

शंकरनगरमा खुला टि–टवान्टी क्रिकेट प्रतियोगिता

रेनुका गिरी । बुटवल । नवज्योती युवा क्लव शंकरनगरको आयोजनामा तिलोत्तमा नगरपालिकामा–१ शंकरनगरमा खुला टि–टवान्टी क्रिकेट प्रतियोगिता २०७४ हुने भएको छ । खेल स्वास्थ्यका लागि खेलाडी राष्ट्रका लागि भन्ने मुल नाराका साथ हुने प्रतियोगिता चैत ३ गतेबाट सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ५५ हजार ५५५ रुपैयाँ, प्रमाणपत्र, मेडल तथा उपविजेताले २५ हजार ५५५ रुपैयाँ, प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन् । प्रतियोगितामा म्यान अफ दी सिरिज, उत्कृष्ट ब्याट्समेन, उत्कृष्ट बलर र उदयमान खेलाडीलाई पुरस्कृत गरिने क्लवका सचिव गोविन्द श्रेष्ठले बताए । तिलोत्तमा–१ चपरहट्टी खेल मैदानमा हुने प्रतियोगिताकालागी फागुन २८ गतेसम्म टिम दर्ता चलिरहेको छ ।

प्रकाशित मिति : २५ फाल्गुन २०७४, शुक्रबार ०६:३२