सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश सरकारले २७ गते विश्वासको मत लिने


बुटवल । प्रदेश नम्बर पाँचमा सरकारले फागुन २७ गते बिश्वासको मत लिने भएको छ । मन्त्री परिषदको तेश्रो बैठकले फागुन २७ गते मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश संसदबाट बिश्वासको मत लिने निर्णय गरेको हो ।
फागुन ३ गते मुख्यमन्त्री नियुक्त भएका पोखरेलले २४ दिनपछि बिश्वासको मत लिन लाग्नु भएको हो । नियुक्त भएको ३० दिनभित्र संसदबाट बिश्वासको मत लिनुपर्ने संबैधानिक प्राबधान रहेको छ ।
साथै मन्त्री परिषदको बैठकले फागुन २७ गते बस्ने बैठकमा प्रदेश आर्थिक कार्यबिधि, स्थानीय तहका पदाधिकारीको सुबिधा सम्वन्धी बिधयक पेश गर्ने भएको प्रबक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो । प्रदेश नम्बर पाँचमा वामगठबन्धनको स्पष्ट बहुमत रहेको छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०७४, मंगलवार ०८:१७