बुटवल । अर्घाखाँचीको छत्रदेव गाउँपालिका–६ ठुलापोखरामा हुने ऐतिहासिक धार्मिक महोत्सवको तयारी तिव्र पारिएको छ । ठुलापोखराको ऐतिहासिक भुमि मालिका मन्दिर आउँदो चैत्र ४ गते देखि १३ गतेसम्म नेपाला पहिलो पटक बृन्दाबनकै आकारमा श्री गोवद्र्धन प्रवद्र्धन गर्ने र द्वादस ज्योतिर्लिङ्ग निर्माण गरि जिल्लालाई धार्मिक पर्यटन क्षेत्रको रुपमा विश्वभरी चिनाउने उद्देश्यले श्रीमद् देवी भागवत महापुराण नवाह ज्ञान महायज्ञ आयोजना गर्न लागीएको आयोजकले जनाएको छ ।
चैत्र ४ गते घटस्थापनाको दिनदेखि कलश यात्रा तथा भव्य समुद्घाटन गरि दैनिक बिहान ७ बजेदेखि ११ बजेसम्म बैधिक अनुष्ठान तथा देवी भागवत पाठ पारायाण कथा वाचक व्यासाचार्य भुवन गुरुबाट बिहान ११ बजेदेखि बेलुका साढे ४ सम्म संगीतमय कथा प्रवचन तथा झाँकी लिला उत्सवसहित प्रवचन गर्ने गरी तयारी तिव्र भएको प्रचारप्रसार समितीका संयोजक धनीश्वर पाण्डेले बताए ।
प्रत्येक दिन बेलुका साढे ७ बजेदेखि साढे ९ बजेसम्म भजन कृतन कार्यक्रम गर्ने मुल आयोजक समितिका अध्यक्ष भोला पौडेलले बताए । चन्द्रमणी पौडेलको सयोजकमा आर्थिक समिति, छत्रदेब गाउँपालिकाका अध्यक्ष लेखनाथ पोख्रेल संयोजकमा सल्लाहकार समिति, ठुलापोखराका अध्यक्ष कमल पौडेलको सयोजकमा संरक्षक समिति लगायत विविध समिति गठन गरि महोत्सवको प्रचार तथा अन्य व्यवस्थापनलाई तिव्र बनाएको हो । मालिका धार्मिक महोत्सव १० दिनसम्म सञ्चालन हुनेछ ।
।