सूचनाको शक्ति - The Power Of Information

        

ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ

बुटवल । रुपन्देहीमा ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सियारी–१ का २४ बर्षिय अंगदकुमार यादव, लुम्विनी साँस्कृतिक नगरपालिका–१ का २४ बर्षिय बिराज भनिने हुसेन शेष र मायादेवी–८ बस्ने २५ बर्षिय राधेश्याम कोइरीलाई पक्राउ गरिएको हो ।
उनीहरुले भारतीय रुपैयाँ २५ लाखको ड्र परेको भन्दै प्रलोभन देखाएर ड्रमा परेको पैसा नेपाल पठाउन बैङक सेक्युरीटिका लागि ६० हजार आवश्यक पर्ने भन्दै पैसा उठाएर सामान्य नागरिकलाई ठगी गरेको प्रहरीले बताएको छ ।
उनीहरुले १३ जनाबाट ५ लाख २२ हजार ४०० रुपैयाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी डिल्लीनारायण पाण्डेले जानकारी दिए । मोवाइलमा आइएमओमार्फत ड्र परेको जानकारी गराउने र मनि ट्रान्सफरबाट पैसा पठाउन लगाएर ठगी गर्ने गरेको प्राप्त सूचनाका आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०७४, सोमबार ०८:०१